नेपाल बैंकले ल्यायो सरल घर कर्जा योजना

  • सोमबार, १९ साउन, २०७७
  • 1 month ago
  • अर्थ

काठमाडौँ । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँचवर्षे अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गर्नाका साथै अन्य बैंकमा रहेको घरकर्जासमेत ‘स्वाप’ गर्ने सुविधा दिने भएको छ । नेपाल बैंक नेपालको पहिलो बैंकसमेत हो । 

 

बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्घ व्यवसाय कर्जा र घडेरी कर्जा योजनासमेत शुरु गरेको छ । लघु उद्यम कर्जा तथा समृद्घ व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ । सो ब्याजदर पनि त्यस प्रकृतिका कर्जामा बैँकिङ क्षेत्रकै न्यून ब्याजदर भएको बैंकले जनाएको छ । त्यस्ता कर्जा प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार÷व्यवसाय हुनुपर्नेछ । 

 

त्यस्ता व्यवसाय सञ्चालन तथा विस्तारका लागि रु २५ लाखदेखि रु ९९ लाखसम्मको लघु उद्यम कर्जा र रु एक करोडदेखि रु तीन  करोडसम्मको चालू तथा स्थिर पूँजी व्यवस्थापनका लागि कर्जा उपलब्ध गराइनेछ । दुवै प्रकारका कर्जाअन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा अन्य सामान खरिद गर्न स्थिर पूँजीकर्जा र चालू सम्पत्ति व्यवस्थापनको लागि चालू पूँजीकर्जा प्रदान गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । 

 

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे सात कार्य दिनभित्र निर्णय गरी प्रदान गरिनेछ । यस्तै, घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा योजना ल्याएको छ । उक्त कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न सक्नेछन् । 

 

उक्त कर्जा योजनाअन्तर्गत खरिद गरिने घडेरी कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ देखि २० वर्षसम्म कायम गरिएको छ । बैंकले १८६ शाखा, १२५ एटिएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । चालू आवमा सबै जिल्लामा शाखा सञ्जाल पु¥याई कूल शाखा सङ्ख्या २१४ पु¥याउने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 11 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 43 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 52 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।