नेपाली ओपन कन्सर्ट आउंदो शनिबार, चर्चित कलाकारहरुले प्रस्तुति गर्दै
- सोमबार, २१ जेष्ठ, २०७५
- 2 years ago
- युके

बाचस्पती रेग्मी, अल्डरसट । मगर संघ युकेले यस वर्षको नेपाली ओपन कन्सर्ट फान्बररो फुटवल क्वलको खेल मैदानमा आउंदो शनिबार ९ जुनमा गर्दैछ । शनिबार अल्डरसटको प्यालेस रेष्टुरेन्टमा एक प्रेस मिट कार्यक्रम गर्दै संघले नेपाल आइडलका सागर आले , लोक गायक विमल क्षत्री, गायिका प्रिति आले, गायिका मीना लामा र गायक पदम थापाले कन्सर्टमा प्रस्तुति गर्ने जानकारी दियो ।
म्युजिक फर युनीटी को अवधारणा र उद्धेश्य लियर आयोजना हुने यो कन्सर्ट सन् २००७ वाट शुरु गरिएको हो । करिव ३ हजार दर्शकहरु उपस्थित रहने यो सांगीतीक ओपन कन्सर्ट भव्य वनाउन यस वर्ष स्टेज अग्लो र ठुलो, कार्यक्रम डिस्प्ले पर्दामा समेत आउने बनाइएको बताईएको छ ।
कार्यक्रममा ५ हजार नेपाली उपस्थित हुंदा पनि पानी परेको अवस्थामा पनि ओतीन सकिने व्यवस्था गरिने मगर संघ युकेका उपाध्यक्ष एवम कार्यक्रम संयोजक बम बहादुर सुर्यवंशी मगरले बताउए ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदी रहनेछन् भने कार्यक्रमको अध्यक्षता मगर संघ युकेका अध्यक्ष नेम थापाले गर्ने कार्यक्रम रहेको छ ।
कन्सर्ट हेर्न जुनियर र सिनियर सिटिजनका लागी १० पाउण्ड र अन्यका लागि ढोकामा १५ तथा अग्रीम बुकिङ गर्दा १२ पाउण्ड तय गरिएको र टिकट लिन अनलाईन व्यवस्था समेत रहेको एनआरएन युकेका उपाध्यक्ष प्रेम गाहा मगरले बताए ।
कार्यक्रममा मगर संघ युकेकी उपाध्यक्ष एवम सह संयोजक सीता पुनले प्रेस विज्ञप्ती वाचन गरेकी थिइन भने मगर संघ युकेका उपाध्यक्ष एवम एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले गतवर्षको अनुभवलाई विश्लेषण गरेर यस बर्ष धेरै सुधार गरी रोमान्चक बनाइने बताए ।
मीट द प्रेष कार्यक्रममा अध्यक्ष नेम थापा, एनआरएन अध्यक्ष योग कुमार फगामी, गायक बिमल क्षत्री समेतले पत्रकारहरुको जीज्ञासाको उतर दिनु भयको थियो ।सो अवसरमा कलाकार बिमल क्षत्रीलाइ संरक्षक घन बहादुर थापाले र गायीका प्रिती आलेलाई संयोजक बम बहादुर थापा सुर्यबंशीले खादा लगाई स्वागत गर्नु भयको थियो ।
कार्यक्रममा महिला मगर संघ युकेकी अध्यक्ष छविमाया पुन, उपाध्यक्ष अनीता राना मगर, एनआरएन आईसीसी सदस्य एवम मगर सघ युरोप अमेरीका संयोजक शान्ती थापा, ऋषिराम राना लगायतको उपस्थिती थियो । मगर संघ युकेका महासचिव लाल बहादुर पुनले कार्यक्रम संचालन गरेका थिए ।
तस्बिर : मिलन तमु
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह
- 6 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शु
भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो
- 47 minutes ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक
पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु
- 49 minutes ago

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जना युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप एक जना युवतीको कोरोना संक्रमणबाट निधन भएको हो ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।