नेकपा हुम्लाको नयाँ पार्टी कार्यालय उद्घाटन

हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले सिमकोटमा आफ्नो नयाँ पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीको कार्यालय सांसद  छकबहादुर लामाले उपलब्ध गराएका हुन् ।

 

शनिबार आयोजित कार्यक्रममा सांसद लामाले कार्यालयलाई पाठशालाका रुप दिनाका साथै सङ्ख्यात्मकभन्दा गुणात्मक क्षमता बढाउनुपर्नेमा जोड दिँदै कुनै गुटउपगुटमा नलागी विकासलाई अगाडि बढाउनुपर्ने बताए ।  पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विजय भण्डारीले गडगडाउने खोला सफा  हुने र पोखरी धमिलो हुने बताउँदै  जीवित पार्टीमा विवाद स्वाभाविक भएको विचार राखे । 

 

नेकपाका जिल्ला अध्यक्ष लालकेश जैसीले सङ्घीयता, गणतन्त्र र राज्य पुनःस्थापनाका निम्ति हुम्लाबाट बलिदान दिएका १११ जनाको अधुरा सपना पूरा गर्न सबैलाई आग्रह  गरे । 

 

अलगअलग पार्टी कार्यालयलाई एकीकृत गर्ने गरी नियमित सञ्चालन गर्ने, दुवै पार्टीका नाममा वा स्वामित्वमा रहेका सम्पत्ति एकीकृत गर्ने, दुवै पार्टीको सदस्यता वितरण र अभिलेखलाई अद्यावधिक गरी प्रदेश कार्यालयमा पठउनेलगायत काम गरिने पार्टी कार्यालय सचिव कमल बोहराले जानकारी दिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

  • 1 minute ago
प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

  • 1 minute ago
वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ ।

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 27 minutes ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।