कर्णाली प्रदेशमा नेकपा विवाद चुलियो

सुर्खेत । नेकपा संसदीय दलको बहुमत सदस्यले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद चुलिएको छ । 

 

विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटिरहेका बेला कर्णाली प्रदेशका नेकपाका संसदीय दलका सदस्य थप विभाजित भएका छन् । प्रमुख सचेतक गुलाबजङ्ग शाहले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न मङ्गलबार अपराह्न बैठक बोलाएपछि दलका नेता मुख्यमन्त्री शाहीले उनलाई पदमुक्त गरेका छन् ।

 

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी सचेतक सीता नेपालीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव र प्रमुख सचेतकमाथिको कारवाहीले नेकपामा झन् सङ्कट निम्त्याएको छ । 

 

असन्तुष्ट १८ प्रदेशसभा सदस्यले आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा पेश गरिएको सार्वजनिक गरेका थिए । पार्टीका शीर्ष नेतामा नेकपा कर्णाली प्रदेशको विवाद समाधानको प्रयास भइरहेका बेला यहाँको गहिरिँदो सङ्कटले प्रदेश सरकार तथा पार्टीका कामकारवाही प्रभावित भएका छन् ।

 

कर्णाली प्रदेश राजधानीमा दुई पक्षका नेताहरु आपसी परामर्शमा व्यस्त छन् । मुख्यमन्त्री शाहीले पदमुक्त गरे पनि प्रमुख सचेतक शाहले मङ्गलबार निर्धारित समयमै आफ्नो अध्यक्षतामा दलको बैठक बस्ने बताए । मुख्यमन्त्रीले गरेको कारवाही दलको विधान विपरीत भएको उनको भनाइ छ ।“विधानमा दलको नेताको विरुद्धमा अविश्वासको प्रस्ताव आइसकेपछि प्रमुख सचेतकले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ”, उनले सोमबार भने, “भोलि (मङ्गलबार) बैठक बस्छ, प्रस्तावउपर निर्णय हुन्छ ।” 

 

उता मुख्यमन्त्री शाही निकट प्रदेशसभा सदस्य गोपाल शर्माले पार्टी एकताको भावनालाई ख्याल गरेर अघि बढ्नुपर्ने बताए । “अब नेकपा संसदीय दलको बैठक कात्तिक ७ गते हुन्छ र छलफल सकारात्मक दिशातर्फ जान्छ”,  उनले भने, “अल्पमत÷बहुमतले पार्टी विभाजनतर्फ जाने र यसको नकारात्मक सन्देश प्रवाह हुने हुँदा यसमा सबैले सचेत हुन जरुरी छ ।” चालीस सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३३ सभासद् छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

  • 1 minute ago
बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका ला

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

  • 13 minutes ago
पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाईफ केयर प्रालिमा गरिएको परिक्षणमा पोखरामा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

  • 33 minutes ago
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।