नेकपाको 'कलह' र नेपाल प्रवेश गरेको 'सलह' देशका लागि दुवै खतरनाक

प्रतिकात्मक तस्बिर

कलह र सलह भिन्न हुन यद्धपि जसरी नेपालमा आउने सक्ने सम्भावना मात्र बोकेको सलह नेपालमा प्रवेश गर्यो त्यसै गरि नेकपा भित्रको सम्भावित कलह पनि सलहसँग जोडिएर आएको संयोग मात्र हो वा दुर्भाग्य पनि हो । 

 

फट्यांग्रा प्रजातिकै किराहरूको समुह “सलह” अहिले नेपालमा प्रवेश गरेको भएतापनि हस्तक्षेपकारी रुपी सलहको प्रवेशको लामो इतिहास छ । सलहको प्रवेश र हस्तक्षेपसँगै नेकपाको कलहपनि चरम उत्कर्षमा पुग्ने गरेको देखिएको छ । जसै नेपालमा सहलको प्रवेश हुन्छ, नेकपा कलहको ज्वालामूखी सतहसम्म आइपुग्दछ । कहिलेकाहीँ सलह लखेट्नका लागि हेभि मेटल ब्याण्ड म्यूजिकको प्रयोगको चर्चा हुन्छ भने कहिले कलह मत्थर पार्नका लागि दक्षिणी वायुको प्रभाव कम गर्न उत्तरी वायुको चर्चा हुन्छ ।   जेसुकै होस, नेकपाको कलह र नेपालमा सलह दुवै देशका लागि हानिकारक छन् ।

 

एउटा सलहले अन्नबाली खान्छ भने अर्को सलहरुपी कलहले देश नै खाइरहेको छ । नेकपा एमाले र एकिकृत नेकपा माओबादी मिलेर नेकपा गठनदेखि नैं बाहिर वा औपचारिक रूपमा मिलेको जस्तो देखिएको भएता पनि भित्री कलह पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म नै छरप्रष्टै देखिदै आइरहेको थियो । 

 

नेकपा गठनको जगलाई सरसर्ती हेर्ने हो भने दुवै कम्युनिष्ट पार्टी भएता पनि एउटा लोकतान्त्रिक पद्दतिबाट विकास भएको पार्टी हो भने अर्को १० वर्षे जनयुद्दबाट लोकतान्त्रिक गणतन्त्रमा अवतरण गरेको पार्टी हो । 

 

विगतमा एउटा पार्टीलाई बहुदलीय प्रणालीमा बढी विश्वास थियो भने अर्कोलाई साम्यवादी सोचका साथ बन्दुकको नालबाट मात्र सत्ता प्राप्त गर्न सकिन्छ भन्ने धारणा रहेको थियो र यो धङधङी अझैँ बाँकी नै छ । झन् कलहको उपस्थितिले पार्टी एकतालाइ प्रभावित पारिरहेको छ । 

 

बिचारको द्वन्द स्वाभाविक भएता पनि एकातर्फ सत्ता र शक्तिको उन्मादले विवादलाई आफै भित्र बढाइरहेको छ भने अर्को तर्फ बाह्य शक्तिको चलखेलको भुमरीमा परिरहेको छ । कुनै पनि बस्तु जति दबाएर राख्दछौ त्यति नै त्यसमा प्रस्फुटन हुने खतरा हुन्छ, त्यसैगरि आज नेकपा भित्र बिचारको द्वन्दका साथै व्यक्तिगत स्वार्थ र गुटबन्दीको खेलले नेकपा फुटको संघारमा पुगिरहेको छ । नेकपाको कलह एउटा पार्टीको कलह हो त्यो पनि भित्रको, तर यसले प्रत्यक्ष वा अप्रतक्ष्य रुपमा अन्य पार्टी र सबै जनतालाई प्रभाव पारिरहेको छ । 

 

नेकपाको कलहको प्रभाव यहाँ सबैभन्दा पहिलो र महत्वपूर्ण बिषय बाह्य हस्तक्षेपको बिषय हो, अर्को सरकारको स्थायित्वको हो, यससंगै नेपालको समग्र बिकाश, राजनीतिक अस्थिरता, अन्तरास्ट्रिय सम्बन्धहरु रहेका छन। कसै कसैलाई नेकपा फुटयो भने हामी जित्छौ भन्ने लाग्छ, एकथरीलाई पार्टी फुटेमा अर्को पार्टीलाई फाइदा हुनेछ, तर  त्यो कदापि हुदैन । 

 

यदि अन्य पार्टीले जनताको मत जित्ने काम गर्दै गर्ने र संसदमा उपस्थित भएका तर सरकार बाहिरका पार्टीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गरेर जनताको पक्षमा आवाज उठाउने हो भने जनताले उसैलाई अर्को निर्वाचनमा पहिलो पार्टी बनाएर पठाउने छन त्यसैले आफू जित्नका लागि नेकपाको फुटको साहारा लिनु उपयुक्त हुँदैन । 

 

एउटा प्रसङ्ग मिल्दो कथा छ एउटा समुहमा सबैलाई गुब्बारा र पिन दिइन्छ र जसको गुब्बारा अन्तिमसम्म रहन्छ त्यो बिजयी हुन्छ र पुरस्कार दिने घोषणा गरिन्छ । समुहका मानिसहरु एक अर्काका गुब्बारा फुटाउन तिर लाग्छन र अन्ततः त्यहाँ सबैका गुब्बारा फुटछन् र अन्तमा सबै हार्छन त्यसै गरि यो फुटाउने खेलमा खेलाडी कोहि पनि बिजयी हुदैन केवल खेलाउने बिजयी हुन्छन । यहाँ फुटाउने नराम्रा हुन र जुटाउने राम्रा हुन भन्ने आशय पंतिकारको पक्कै पनि होइन, बाह्य हस्तक्षेपमा जुटनु र फुट्नु दुवै खतरनाक हुन्छन । किनकि कुनै सहायताले केहि जोडिएको छ भने यो बुझ्नु जरुरि छ कि त्यो जोडाई त्यसै गरि छुट्ने सम्भावना पनि प्रबल हुन्छ । त्यसैले जोड्ने र फुटाउनेहरु दुवै देशका लागि घातक छन् । सार्बभौम संम्पन्न मुलुकका राष्ट्रिय पार्टीहरुले यसरि बाह्य हस्तक्षेपलाई प्रसय दिएर पार्टी र देश चलाउन थालेमा नेपालको सार्बभौमसत्ता र नेपालीको स्वाभिमान बिलय हुन धेरै समय लाग्ने छैन ।

 

नेकपा भित्रको कलहले नेकपालाई त असर पार्छ नैं, यस कलहले नेपाली जनताहरू पनि प्रत्यक्ष वा अपर्त्यक्ष रूपमा असर पारिरहेको छ । नेकपाको सरकार कुनै समय दुइ तिहाइको सरकार थियो, अहिले पनि बहुमत कैं सरकार हो । बहुमतको सरकार हुनु भनेको बढी भन्दा बढी नेपाली जनताले अभिमत दिएको सरकार हो र यसरी जनताद्वारा निर्वाचित गरि सरकारमा पठाएको पार्टि भित्रको कलहले नेपाली जनतालाइ प्रत्यक्ष रूपमा असर पर्नेमा दुइमत छैन । जसरी नाटकीय ढंगले बिचबिचमा नेकपा भित्रका कलह टरिरहेको छ त्यसै गरी नेपालमा सलहहरू पनि हराइरहेका छन् । पहिले पटक अउँदा पनि सहलहरूले धेरै हानिनेक्सानी गरेनन् र धेरै दिन टिकेनन् तर यसको अर्थ यो होइन रहेछ की फेरि सलह अउँदैनन् । आपसी कलह र सलह दुवैले पक्कै पनि देश डुबाउने देखिन्छ । 

 

एकतातिर कोरोनाको पिडा अर्को तिर नेकपाको कलह साथै दक्षिणबाट प्रवेश गरेका सलहका कारण पक्कै हामी नेपालीहरुको जीवनस्तरमा ठुलो भूकम्प पैदा गर्ने देखिएको छ ।  विदेशमा रोजगारी गुमाएर नेपाल फर्केका लाखौ नेपालीले खेतीपाती, कृषि गर्ने सोचलाइ सलह झुण्डले बालीनाली सखाप पार्ने देखिएको छ । बेरोजारीहरू कुनै ब्यापार, ब्यबसाय गरुन भने देश अदुरदर्शी राजनैतिक अवस्थामा रुमल्लिएको प्रस्ट छ । सलहहरू जसरी पनि नेपालमा अस्थिरता पैदा होस भन्ने चाहन्छन् र त्यसको फाइदा लिइरहेका छन् । 

 

नेकपा भित्रको कलह शान्त पार्न हिमाल पारिबाट अप्सरा प्रकट भएको पनि देखिन्छ । सलहको आक्रमण रोक्न कुनै दैबी शक्ति आउनुपर्दछ होइन भने सलहको कारण देशको ढुकुटी रित्तिन बेर लाग्दैन । सलहका लागि नेपालमा उपयुक्त वातावरण नरहेको विज्ञहरूले भन्दै आइरहेको भएता पनि दक्षिणी हावाका कारण नेपालतर्फ प्रवेश गरेको देखिन्छ । प्रम वलीले कोरोना भारतबाट आएको भने जस्तै सलह पनि भारतले पठाएको भन्न बेर छैन । राजनीति र कुटनीति बिचको भिन्नता कसले सिकाउने हाम्रा प्रमलाई ?

 

प्रधानमन्त्री वलीले सार्वजनिक रूपमा नैं नेपालको नक्सा र नागरिकताको विषयलाइ कारण बताउदै राजिनामा दिन बाध्य पारिदैछ र चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भनेर स्वयं खोलिसकेका छन् । नेपालका प्रधानमन्त्रीका बारेमा भारतीय मिडियाहरूले गरेको अचाक्लिपनलाइ लिएर नेपाली जनता उत्तेजित भइरहेका थिए र भारतीय मिडियाहरूलाइ नेपालमा रोक समेत लगाइएकै अवस्थामा अयोध्या नेपालमा पर्छ र भगवान राम नेपालमै जन्मेका हुन भन्ने बिबादित अभिव्यक्तिले यसलाइ झन थप बल पुगेको छ ।

 

प्रम वलीले कुनै मन्त्रि वा सम्बन्धित प्रदेश प्रमुख वा विज्ञ मार्फत अयोध्याको विषय पनि राख्न सकेका भए छिमेकि मुलुक संगको सम्बन्धमा अहिलेको जति चिसोपना नआउन पनि सक्थ्यो वा भारतमा रहेका नेपालीहरुले दुर्ब्यबहार सहनु पर्दैनथ्यो होला । प्रम ओलीले अयोध्याका बारे दिएको अभिव्यक्तिले दक्षिणी सलहहरुको झुण्ड अझ सल्बलाइरहेका छन । प्रम जस्तो उच्चपदमा आसिन व्यक्तिले यदि यस बिषय बारे अध्ययन र अनुसन्धान गरेर बोलि दिएको भय अझ राम्रो हुने थियो वा हाम्रै इतिहासबिद, पुरातत्त्वबिद मार्फत बोल्न लगाउनु अझ बुद्दिमानी हुन्थ्यो । 

 

प्रम वली रास्ट्रियता र देशको सार्बभौमिकताको लागि अग्रसर भएर कठोर कदम चाल्नु सकारात्मक हो तर बिबादित बिषयमा उहाँ स्वयं अग्रसर हुनुमा पदिय मर्यादाक्रम नपुगेको पो होकी भन्ने महत्त्वपुर्ण प्रश्नचिन्ह खडा गर्नु कुनै अपराध नहोला ।

 

सबैभन्दा पहिले राष्ट्रियतालाई बलियो बनाउने तर्फ ध्यान दिनुपर्दछ ।  कतै प्रम ओलीका अभिव्यक्तिले देशको राष्ट्रियता खतरा तर्फ गईरहेको त छैन ? प्रम वली आफुलाइ अति रास्ट्रबादी भएको प्रमाणित गर्न खोजेर  हो वा पार्टीको विवादबाट ध्यान मोड्न खोजेको हो वा जनताको सहानुभूति पाउन खोजेको हो तथा कुर्सि जोगाउन मात्र यदि यस्ता बिबादित अभिव्यक्ति दिएका हुन, यदि हुन भने पक्कै पनि यसले नेपालको अन्तरास्ट्रिय सम्बन्धलाई पूर्णतया बिगार्ने प्रस्ट देखिन्छ ।

 

दुइतिहाइ बहुमतको सरकारले आफ्नो पहिलो ५ बर्षे कार्यकाल यदि असफलतामै बिताउने हो वा आपसी कलह मै व्यतित गर्ने हो भने भाबी पुस्ताले पक्कै क्षमा दिने छैन । तसर्थ अझै समय छ, आपसी कलह लाई छलफलद्वारा अन्त गरियोस । नेपालका विभिन्न पाँचतारे होटल र दुतावासमा रहेका सलहहरूलाइ यहाँ फस्टाउने मौका नदिइयोस । नेपाल प्रवेश गरेका सलहको आयु छोटो भए जस्तै नेकपाको कलह समाधान भै देशले तिब्र गति लिन सकोस, शुभकामना छ ।   

 

दीपक बोहरा,

आलिताल ४, डडेल्धुरा

 

धिरेन्द्र चन्द

दैजी, कञ्चनपुर

 


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 14 minutes ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 15 minutes ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 22 minutes ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।