संखुवासभामा भिडन्तकाे सम्भावना, सेनाकाे हेलिकप्टरमा थप सुरक्षा टाेली घटनास्थलतर्फ प्रस्थान

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा गोली हानाहान भएपछि ५० सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ लागेको छ ।

 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका–१, होयङ्मामा गोली हानाहान भएको थियो । सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको हो । 

 

गोली हानाहान भएको पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिम लामाले गरे भने, ‘सिलिचोङमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको खबर प्राप्त भएको छ । घटनाको जानकारी पाएपछि जिल्ला र नजिकको पोस्टबाट पनि थप बल त्यसतर्फ पठाएका छौँ ।’

 

सदरमुकाबाट उत्तरतर्फ दुई दिन पैदल जानुपर्ने उक्त स्थानमा गोली हानाहानपश्चात प्रहरीको टोली तितरवित्तर भएको बुझिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ५० जनाको मद्दत टोली घटनास्थल पठाइएको बताइएको छ ।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५–२५ जनाको टोली संखुवासभातर्फ पठाइएको सुरक्षास्रोतले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे । उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ (एलआरपी) टोली हो ।

 

नेपाल प्रहरीले पनि प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका बेला गोली चलेको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 6 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 7 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 7 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।