चेतावनीस्वरूप माथिल्लाे कर्णालीमा बम विस्फाेट : प्रतिबन्धित नेकपा

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले शनिबार माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्पर्क कार्यालयमा भएको बिस्फोटको जिम्मा लिएको छ ।

 

नेकपाका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणद्वारा आइतबार निकालेको विज्ञप्तिमा आयोजना निर्माणको जिम्मेवारी नेपालीको जनताको हितविरुद्ध भारतीय कम्पनी जिएमआरलाई सुम्पिएको भन्दै कारबाही गरिएको उल्लेख गरिएको छ ।

 

परियोजनाको माथिल्लो र तल्लो तटको पुरै क्षेत्रमा जिएमआर कम्पनीको अनुमति बिना कसैले पनि विद्युत उत्पादन तथा कुनै आयोजना सञ्चालन गर्न नपाइने जस्ता सम्झौताको नेकपाले सुरूदेखि विरोध गर्दै आइरहेको विज्ञप्तिमा जनाइएको छ ।

 

विज्ञप्तिमा आयोजनाको कारण तल्लो तटमा पर्ने बाँक र बर्दियालगायतका जिल्लाहरूमा हिँउदमा सुख्खा हुने र वर्षायाममा बाढी पहिरोले गम्भीर क्षति पु¥याउने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने निश्चित हुँदाहुँदै सरकारले सोही कम्पनीलाई परियोजना सुम्पिएर राष्ट्रघाती निर्णय लिएको दाबी गरिएको छ ।

 

आफ्नो पार्टीले सोको विरुद्ध चेतावनीस्वरुप अछामको तुर्माखाद गाउँपालिका–३, भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान विस्फोट गराएको नेकपाले जनाएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थप ४ जना कोरोना संक्रमितको मृत्यु

  • 1 minute ago
थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि

  • 3 minutes ago
नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली

  • 41 minutes ago
प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँ



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।