यसरी गर्न सकिन्छ नेकपा विवादको स्थायी समाधान

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

अस्थिरतामा फसेको नेपालको राजनिती नेकपाको करिब दुईतिहाई जनमतप्राप्त बाट बनेको केपी शर्मा ओलीको सरकार गठन पश्चात जनतामा आशा र भरोसा जागेको थियो । लामो समयदेखि नौ महिने सरकार र अल्पायुका कारण नेपालको हरेक क्षेत्र अस्तव्यस्त बनेको थियो । यहि अस्थिरतालाई चिर्ने र विकास र समृद्धि ल्याउने उद्घोषका साथ निर्वाचनमा होमिएको नेकपा देशको नै सवैभन्दा ठुलो पार्टी वन्यो । राणाशासन, राजतन्त्र हुँदै दशक भन्दा लामो समय जनयुद्धको चपेटामा परेको आम जनता स्थिर सरकार वनेपछि देश सुखी र समृद्ध हुने आशामा थियो । जुन स्वभाविक पनि थियो । देशमा देखिएको अन्यौलतालाई चिर्नका लागी नेकपालाई सवैभन्दा ठुलो शक्ति वनाएको आम जनता भने विश्वमा नै कोरोनाका कारण अस्तव्यस्तता वनेको सन्दर्भमा शक्ति र सत्ताका लागी देखाएको गाईजात्रे प्रवृत्तिले नैराश्यता वनाएको छ । 

 

नेकपाको विवाद यो समयमा कति उचित कति अनुचित ? यो प्रश्न गम्भिर रुपमा देखा परेको छ । आम जनताको चाहना नै स्थिर सरकार र समृद्ध नेपाल बनाउने अभियान थियो । चुनावी प्रतिबद्धता देखेर नै आम जनताले मत दिएका थिए । स्थिर सरकारले नै जनतालाई सम्पन्न वनाउने आम चाहना थियो । जनताले आफनो भुमिका पुरा गरिसकेपछि अव सरकारले आपनो जिम्मेवारी पुरा गर्नु नै अहिलकेो आवश्यकता थियो । तर नेकपाको सरकार के जनचाहना वमोजिम काम गरिरहेको छ ? के सरकारको नेतृत्व गरेको पार्टीले जनअपेक्षा वमोजिम काम गरिरहेको छ ? यसको समिक्षा नै अहिलेको निकास हो । 

 

लोकतन्त्रमा जनअभिमत नै सवैभन्दा ठुलो शक्ति हो । शक्ति प्राप्त भएपछि त्यसको मर्म पुरा गर्नु सम्वद्ध राजनैतिक पार्टी र सरकारको उद्येश्य हुनुपर्दछ । तर, कोरोनाका कहरका बीचमा नेकपा र सरकारले जनताप्रति उत्तरदायित्व बहन गरयो या गरेन, त्यो वहसको विषय वन्नु पर्दछ । निश्चिय पनि सरकार सम्बद्ध पार्टीको घोषणापत्रप्रति चल्नुपर्दछ । तर, अहिलको सन्र्दभलाई केलाउने हो भने नेकपाको विवादले दुनियाँ हसाँएको छ । कोरोनाले देश र जनतालाई नै आक्रान्त पारेको सन्र्दभमा नेताहरुको सत्ता र शक्तिमोहका कारण अस्थिर अवस्थाले नेताहरु जनताप्रति उत्तरदायि रहेनछ भन्ने पुष्टि भएको छ । आफु अनुकुलताका लागी विधि, विधान र सिद्धान्तका नारा उराल्नेहरु जनताका समस्याप्रति जिम्मेवार बन्नु पर्देन ?

 

हरेक विषयको पनि निश्चित समय हुन्छ, जनता र देश नै शोक र भोकमा डुविरहेको अवस्थामा शक्तिका लागी गरिएको तिकडम आम जनताका लागी सहय वनेका छैन । जनताको जीवनस्तर, स्वास्थ्य, शिक्षा रोजगारका विषयमा पार्टी भित्र खुल्ला छलफल हुनुभन्दा पनि मन्त्री र राजदुत, पार्टी अध्यक्ष र प्रधानमन्त्री वन्ने अभिलाषाका  साथ गरिएको व्यवहारले नेताहरु आखिर के चाहन्छन भन्ने पुष्टि भएको छ । लोकतन्त्रमा पार्टी प्रधान हुन्छ, पार्टीले सरकारको नेतृत्व गर्नुपर्दछ, । यसमा कुनै सन्देह छैन । तर पार्टी जनताप्रति उत्तरदायी बन्नुपर्दछ । जनताप्रति उत्तरदायि नवन्ने पार्टी नेतृत्वले पद र शक्तिका लागी जनताको नाममा गरिने कुत्सित हत्कण्डा लोकतन्त्र भित्र कदापी पर्देन । नेकपा भित्रको मुल समस्या यहि हो । 

 

विधि, विधान र लोकतान्त्रिक पद्धति नेताहरुका लागी जुगाँको लडाई भईदियो । पद र शक्ति प्राप्तिका लागी यो प्रयोग भईदियो । देश र जनतालाई सधै अस्थिरतामा राखेर आफनो भुमिका प्रधानता मा नै जोड दिने प्रवृत्ति लोकतन्त्र कदापी हुन सक्दैन । पार्टीले सरकारले गरेको काम कारबाहीलाई मुल्यांकन गरेर स्वतन्त्र ढंगले काम गर्न दिनुपर्दछ । आफनो अस्तित्व सखाप हुने भयमा सरकारको सधै आलोचना मात्र गरिरहने हो भने कसैको पनि भविश्य सुखद बन्दैन । आलोचना पनि स्वभाविक हुनुपर्दछ । जनअपेक्षित हुनुपर्दछ । तर नेकपा भित्रको अन्तद्धन्द्ध फगत शक्ति र सत्ता केन्द्रित वाहेक अन्य केहि देखिदैन । 

नेकपाको अबको समाधान भनेको ओली सरकारलाई सुझाव सहित सरकारको सहज नेतृत्व र महाधिवेशन नै हो । चैत्रमा गर्ने भनिएको महाधिवेशनको तैयारी र हिजो चुनावमा गरिएको जनतासामु गरिएको प्रतिवद्धताको कार्यन्वयन । एक्काईसौ शताव्दीका जनतालाई पनि सधै रैती सम्झने प्रवृत्ति नै नेतृत्वगणको कमजोरी हो । आफु मात्र ठिक भन्ने प्रवृत्ति अब जनतालाई स्वीकार्य हुन सक्दैन । पार्टीमा सधै हालीमुहाली गरिरहेकाहरुको नेतृत्व अव आम जनतालाई स्वीकार्य हुन सक्दैन । पटक पटक पार्टी  र सरकारका नेतृत्व गर्नेहरु अब अभिभावक बनेर दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पर्दछ । यसले नै नेकपाको भविश्य सुन्दर बनाउनेछ । नेकपामा देखिएको विवादको मुख्य चुरो यहि हो । 

 

सरकार संचालनका क्रममा कमजोरी हुन्छन्, सच्चिएर अगाडी बढ्नुपर्दछ । व्यक्तिलाई देखिएको शक्तिमोहका कारण पार्टी अब बन्धक बन्दैन । कुनै पनि व्यक्तिको योग्यता र क्षमता निश्चित समय र विन्दुसम्मका लागी उपयुक्र्त हुन्छ, नकि सधै भरका लागि  । आफुलाइृ केन्द्रविन्दुमा राखेर गरिएका हत्कण्डा अव जनतालाई स्वीकार्य हुन सक्दैन । लामो समयसम्म सत्ता र नेतृत्वलाई आफनो विर्ता सोच्नेहरुको अस्वभाविक क्रियाकलाप नै अहिलेको समस्या हो । विधि विधान र पद्धति त देखाउने दाँत मात्र हो । जुन जनताले पहिचान गरिसेकेका छन् । 

 

विषयवस्तुको उठान र पैठान जनतामा केन्द्रित हुनुपर्ने हो । तर, त्यो देखिएन । जसरी पनि पुन पार्टी अध्यक्ष र प्रधानमन्त्री वन्ने लोभमा गरिएका यो तिकडम वाज अव जनतालाई पाच्य हुन सक्दैन । किनकि पार्टी कसैको पनि पेवा होईन, कसैले सधै नेतृत्व गर्न पाउने । आवश्यकताका आधारमा नेतृत्व विकास हुने  हो । कसैको व्यक्तिगत चाहनामा देश र जनतालाई नै बन्धक बनाउन पाईदैन । नेकपा भित्र अव दोश्रो पुस्ताको उदय आवश्यक भईसकेको छ, नकि पुन पुरानै अनुहारको । नेकपा त्यति कमजोरहरुको पार्टी होईन, यो त युवा  र कर्मठहरुको पार्टी हो । जहाँ नेतृत्वका लागी एकसे एक दावेदारहरु रहेका छन् ।  

 

पहिलो पुस्ताको नेताहरुको भुमिकालाई सम्मान गर्दे अगामी दिनमा महाधिवेशन पाश्चात दोश्रो तहमा पुस्ताहस्तान्तरण नै अहिलको नेकपाको समधानको बाटो हो । यो भन्दा अन्य वाटोवाट नेकपा हिड्न हुदैन, हिड्न दिनुहुदैन । कुनै नेताको फेरो समातेर वैतरणी तरिन्छ भन्ने सोच कमजोर मानसिकताको घोतक मात्र हो । जुन हामीले हटाउनै पर्दछ । पटक पटक परिक्षण भईसकेको व्यक्तिले अव नेपालको सन्दर्भमा नयाँपनको आभास दिन सक्दैन । यसैका लागी आम जनता र कार्यकर्ताले खबरदारी गर्नु नै अहिलेको आवश्यकता हो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बार्सिलोनाको संघर्षपूर्ण जित

  • 25 seconds ago
बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कालाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

न्युक्यासलको सजह जित

  • 6 minutes ago
न्युक्यासलको सजह जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा न्युक्यासलले फुलहमलाई उसकै मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

  • 15 minutes ago
ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।