एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

Global IME
Mega Bank
Norvic Hospital
  • शुक्रबार, १४ असोज, २०७९
  • 2 months ago
  • अर्थ

काठमाडौँ । यो चाडपर्वको बेलामा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरि एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर संचालनमा ल्याएको छ ।

दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याईएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहि सहन सक्छन् । ग्राहकले यो प्याकमा कर सहित मात्र रु ५९९ मा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउँछन् ।

यो प्याक एनसेलले बिहीबार ९असोज १३० बाट संचालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३०ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् । यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिन्छ ।

प्याकमा पाईने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ । यो डेटा प्याकको विषेशता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु हुँदैन । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन् ।

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ । चाडपर्वको अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रहि शुभकामना आदानप्रदान गर्न, चाडवाडका उत्साह तथा उमङ्गहरु साट्न र आफ्ना प्रियजन तथा साथीभाईहरुसँग सहजै सम्पर्क रहि रहन मद्दत गर्दछ ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 2 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 2 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।