को हुन् नक्सल कमाण्डर हिडमा, जसलाई बीजापुर हमलाको मुख्य योजनाकार मानिन्छ ?

एजेन्सी । भारतको छत्तीसगढस्थित बीजापुरमा भएको नक्सलवादी हमलामा २२ जवानहरुको शव फेला परेको छ भने एकजना अझै बेपत्ता छन् । 

 

यस हमलाको पछाडि मुख्य नक्सल कमाण्डर हिडमाको नाम बाहिर आएको छ । उनी यस्ता कैयौं हमलामा शामिल रहेका छन् भने निर्मम हत्याका लागि प्रख्यात छन् । यो हमला अचानक नभएको र योजनावद्ध रहेको बताइएको छ । 

 

को हुन् टप नक्सल कमाण्डर हिडमा ?

हिडमा को उमेर करिब ४० वर्ष रहेको छ । उनी सुकमा जिल्लाको पुर्वाती गाउँका बासिन्दा हुन् । उनले ९० को दशकमा नक्सल हिंसाको बाटो रोजे । त्यसपछि कैयौं निर्दोष मानिसहरुको हत्या गरिसकेका छन् । 

 

उनी माओवादीहरुको पिपुल्स लिवरेसन गुरिल्ला –पीजीएल) बटालियन १ को हेड हुन् भने घातक हमला घटाउँदै आइरहेका छन् । उनी माओवादी दण्डकारण्य स्पेशल जोनल कमिटी (डीकेएसजेड)का सदस्यसमेत हुन् । 

 

यस्तै सीपीआई (माओवादी) का २१ सदस्यीय सेन्ट्रल कमिटीका युवा सदस्य पनि हुन् । केही रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि माओवादीहरुको मिलिट्री कमिशन को चीफमा पनि उनलाई नियुक्त गरिएको छ । 

 

यद्यपि यो कुराको आधिकारीक पुष्टि भने भइसकेको छैन । हिडमा सँधै भूमिगत रहन्छन् । उसको हालको कुनै तस्बिरहरु सार्वजनिक भएका छैनन् । उसको टाउको को मूल्य ४० लाख तोकिएको छ । 

 

हिडमासँग एके ४७ जस्तो खतरनाक हतियार रहेको छ भने उसको टिममा १८०-२५० नक्सल छन्, जसमा महिलाहरु पनि रहेका छन् । भीम मान्डवीको हत्या प्रकरणमा एनआईएले उसको विरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । 

 

 

जनवरीदेखि जुन सम्म नक्सलहरुको विशेष अभियान

खासगरी, जनवरीदेखि जुनको महिनामा नक्सलवादीले टेक्टिकल अफेन्सिभ अभियान (टीसीओसी) चलाउँछन् । यसक्रममा सुरक्षाबलहरु खतरनाक हमलाबाट निशाना बनाउँछन् । 

 

यो समयमा रुखको पात झरिसकेको हुने हुनाले नक्सलवादीले टाढैबाट सुरक्षाबलहरुको गतिविधी नियाल्ने अवसर पाउँछन् । पछिल्ला थुप्रै पटक यही समयमा नक्सलवादीहरुले टीसीओसी अपरेशनबाट कैयौं जवानहरुको हत्या गरेका छन् । गत वर्ष मार्चमा सुकमा नक्सलवादीहरुले १७ जवानको हत्या गरेका थिए । 

 

यस्तै २०१९ अप्रिलमा नक्सलवादीले बीजेपी विधायक भीमा माडवी, उनको चालक र ३ सुरक्षाकर्मीको हत्या गरेका थिए । यस्तै २०१० को अप्रिल महिनामा तडमेटलामा ७६ जवानहरुको नक्सलवादीले ज्यान लिएका थिए । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 5 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।