नवाजुद्दिनविरुद्ध आफ्नै पत्नी आलियाले दिइन् बलात्कारको उजुरी

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीविरुद्ध बलात्कार र ठगीको उजुरी परेको छ । उक्त उजुरी अरु कसैले नदिई उनकै पत्नी आलियाले उनीविरुद्ध प्रहरी कार्यालयमा यस्तो उजुरी हालेकी हुन् । 

 

नवाजुद्दिन र आलियाबीच केही समययता राम्रो सम्बन्ध छैन । उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन् ।

 

नवाजुद्दिनविरुद्ध उनकी श्रीमती आलियाले बुधबार मुम्बईको वर्सोवा पुलिस स्टेसनमा उजुरी दर्ता गरेकी हुन् । आफूलाई पति नवाजुद्दिनले इच्छाविपरित बलात्कार गर्दै आएको र उनले आफूमाथि आर्थिक र मानसिक दुवै प्रकारको ठगी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । प्रहरीले बुधबार दिउँसो आलियाको उजुरी दर्ता गराउँदै उजुरीमाथि कारबाही चाँडै गर्ने आश्वासन दिएको बताइएको छ ।

 

उनी केहीसमयबाट मुजफ्फर नगरमा आफ्ना छोराछोरीसँग बस्दै आएकी छन् । यसअघि उनले उत्तर प्रदेशको मुजफ्फर नगरस्थित बुढाना पुलिस स्टेसनमा यसअघि बयान दिँदै नवाजुद्दिनको बारेमा बोलेकी थिइन् । त्यसपछि उनले बुधबार मुम्बई प्रहरीमा अभिनेता नवाजुद्दिनविरुद्ध उजुरी दिएकी हुन् ।

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीनः गृहमन्त्रालय

  • 8 minutes ago
सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीनः गृहमन्त्रालय

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई काेराेना सङ्क्रमण

  • 13 minutes ago
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई काेराेना सङ्क्रमण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । आज भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी ग

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना

  • 16 minutes ago
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना

काठमाडौँ । नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थाप



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।