नारायणीको बाढीले बगायो केटो

  • शुक्रबार, ९ असोज, २०७७
  • 1 month ago
  • नेपाल

नवलपुर । नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो । 

 

निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार शुक्रबार बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो । “निकुञ्जको दूर्गम क्षेत्रबाट आज बिहान गैँडाकोट बच्चालाई बगाएको छ” उनले भने, “केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास ग¥यौँ तर सफलता मिलेन सकेनौँ ।” नदीको बाढीले केटोलाई बगाएर भारत पु¥याएको उनले जानकारी दिए ।

 

केटोलाई भारत पु¥याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उनको भनाइ छ । “अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन” उनले भने, “केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।” यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो । 

 

विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर  निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

  • 20 minutes ago
प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले बर्नलेलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

  • 29 minutes ago
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

सुशान्तसिंह राजपुत केसः यी अभिनेत्री पनि प्रहरी नियन्त्रणमा

  • 36 minutes ago
सुशान्तसिंह राजपुत केसः यी अभिनेत्री पनि प्रहरी नियन्त्रणमा

एजेन्सी । बलिउड दिवंगत अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा ड्रग्स एङ्गल बाहिरएपछि सक्रिय भएको एनसीबीले टीभी अभिनेत्री प्रीतिका चौहानलाई पनि पक्राउ गरेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।