Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियफ्रान्समा छुरा प्रहारसँग ‘आतङ्कवादी’ समूहको सम्लग्नता देखिन्नः अभियोजक

फ्रान्समा छुरा प्रहारसँग ‘आतङ्कवादी’ समूहको सम्लग्नता देखिन्नः अभियोजक


एजेन्सी । फ्रान्सको अल्पाइन शहर एँनेसीमा बिहीबार छ जनालाई छुरा प्रहार घटनामा आरोपित एक सिरियाली शरणार्थीको ‘आतङ्कवादी’ सम्लग्नता नदेखिएको स्थानीय अभियोजकले बताएका छन् ।

लाइन बोनेट–म्याथिसका अनुसार आक्रमणमा घाइते भएका चार बालबालिकामध्ये एक जना २२ महिना, दुई जना दुई वर्षका थिए भने चौथो व्यक्ति तीन बर्षका थिए भने अन्य दुई जना वयस्क नागरिक पनि घाइते भएका थिए ।

प्रहरी स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार ती संदिग्ध ३० वर्षीय सिरियाली नागरिक हुन् जसलाई गत अप्रिलमा स्वीडेनमा शरणार्थीको दर्जा दिइएको थियो । उनलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।

एएफपीले प्राप्त गरेको र घटनासँग सम्बन्धित स्रोतले पुष्टि गरेको भिडियोमा आक्रमणकारीले अंग्रेजीमा दुई पटक ‘येशू ख्रीष्टको नाममा’ भनेको सुन्न सकिन्छ ।

स्थानीय समयअनुसार बिहान ९ः४५ बजे लेक एँनेसीले आक्रमण गरेको केही समयपछि आक्रमणकारीलाई पक्राउ गरिएको थियो ।

घाइतेमध्ये दुई जना बालबालिका र एक जना वयस्कको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT