नरहरि आचार्यको आत्मकथा ‘जीवनको पाठशाला’ सार्वजनिक

Norvic Hospital

काठमाडौँ । नेपाली काँग्रेसका वौद्धिक नेता नरहरि आचार्यको ६८ औं जन्मदिनको अवसरमा उनको आत्मकथा ‘जीवनको पाठशाला, सम्झना र सम्बन्धको आवरण’ सार्वजनिक भएको छ । पुस्तकमा नेपाली राजनीतिको पछिल्लो परिवर्तनका संवाहक आचार्यका भोगाइहरू समेटिएका छन् ।

 

आफू आवद्ध रहेको पार्टी नेपाली काँग्रेसलाई संविधानसभा र गणतन्त्रको एजेण्डामा ल्याउन आचार्यले महत्वपूर्ण भूमिका खेलेका थिए । पछिल्लो समय उनी विरामी अवस्थामा रहेकाले केही वर्षदेखि राजनीतिमा सक्रिय हुन सकेका छैनन् ।२०७२ माघ २६ गते अचानक मस्तिष्कघात भएपछि राजनीतिमा निश्कृय बनेका आचार्यले यो पुस्तक स्वास्थ्यमा सुधार आउँदै गर्दा तयार पारेका हुन् । तथापि पुस्तकको खाका भने उनले विरामी हुनुअघि नै कोरिसकेका थिए ।

 

काँग्रेस नेता आचार्यले लेखकीयमा भनेका छन्, पुस्तकमा सबै मेरो जीवनसँग स्पर्श भएका प्रसङ्गहरू छन् । ज–जसका बारेमा प्रसङ्ग उल्लेख गरेको छु, जस्तो मैले अनुभव गरें, त्यस्तै छ ।

 

आचार्यको पुस्तकका बारेमा डा. जयराज आचार्य भन्छन्, ‘विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रका मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुन गएको राजनीतिक विश्वास, विचार र कार्यक्रमलाई यस आत्मकथामा उनेर माला बनाउने बलियो धागो भनेको देखिन्छ ।’

 

पुस्तकका लेखक आचार्यलाई डा। देवेन्द्रराज पाण्डे चलनचल्तीको राजनीतिबाट सन्तुष्ट भएर आफ्नो सुरक्षा र सुविधामा रमाउनुको सट्टा पार्टी र राज्य दुबैमा युगान्तकारी सुधारका निम्ति निरन्तर प्रयासरत रहने दुर्लभ नेताका रुपमा आफूले चिनेको बताउँछन् ।

 

पुस्तक सांग्रिला बुक्सले प्रकाशित गरेको हो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 6 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 7 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।