'ड्रग्स केशमा अरु अभिनेत्रीलाई एनसिबीले पत्र काट्यो, कंगनालाई काट्न किन बिर्सियो'

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री कंगना रणवत पछिल्लो समय आफ्ना बयानका कारण विवादमा रहेकी छन् । उनले बलिउडमा रहेका जोकोही प्रति नै टिप्पणी गर्दै आइरहेकी छन् ।

 

उनले जया बच्चनदेखि करण जोहरसम्म सबैलाई प्रश्नैप्रश्नले अप्ठेरो स्थितिमा पुर्याएकी छन् । कंगनामाथि जसले पनि बयान दिने गरेका छन् प्राय दि सेलिब्रिटीहरु पछ्ताउने गरेका छन् ।

 

ड्रग्स केशमा पछिल्लो समय कंगनाले एकपछि अर्को बयान दिदै आइरहेकी छन् । प्रत्येक बयानमा नयाँ सेलिब्रिटीहरु विवादमा तानिने गरेका छन् । तर, बलिउड तथा दक्षिण भारतीय फिल्मकी अभिनेत्री नगमा मोरारजीले कंगनामाथि प्रश्न गरेकी छन् । ड्रग्स केशमा  एकपछि अर्को बलिउड स्टारहरुको नाम मुछिएको छ ।

 

एनसिबीले ड्रग्स केशमा एकपछि अर्को गर्दै उनीहरुलाई सोधपुछका लागि पत्र थमाउने काम गरेको छ । नगमाले पनि कंगनालाई पनि सोधपुछका लागि एनसिबीले पत्र थमाउनु पर्ने माग गरेकी छन् ।

 

उनले ट्वीट गर्दै भनेकी छन्, 'कंगनाले ड्रग्स लिएको स्वीकार गरिसकेकी छन् । तर, एनसिबीले हालसम्म पनि उनलाई पत्र थमाएको छैन ।' 

 

उनले भनेकी छन्, 'ड्रग्स केशमा अरु अभिनेत्रीलाई एनसिबीले पत्र काट्यो, कंगनालाई काट्न किन बिर्सियो ?'

 

उनले भनेकी छन्, 'अरु अभिनेत्रीहरुको च्याटमा भेटिएको लिंकमार्फत एनसिबीले पत्र काटेको छ भने कंगनाले त खुलेआम स्वीकार गरेकी छन् । तर एनसिबीले किन सोधपुछका लागि पत्र काटेको छैन ।'


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

  • 8 minutes ago
अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

सिड्नी । अष्ट्रेलियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २७ हजार ४८४ छ । कोरोना संक्रमणबाट हालसम्म अष्ट्रेलियामा ९०५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा मात्रै कोरोनाबाट २१ जनाको मृत्यु

  • 14 minutes ago
सुदूरपश्चिममा मात्रै कोरोनाबाट २१ जनाको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

  • 17 minutes ago
कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।