अनेसासद्वारा ‘नवरत्न पुरस्कार’ समर्पण

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको हो ।

 

समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ  । यसैगरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी  र समाजसेवामा विना बर्मालाई पुरस्कृत गरेको छ ।  

 

कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि अनेसास बोर्डअफ ट्रष्टी सभापति गीता खत्री, केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’, ट्रष्टी सल्लाहकारद्वय रोहिणी शर्मा र प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, पुरस्कार छनोट समिति संयोजक लीला लुइटेल, अनेसास बिओटी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, अनेसास महासचिव सर्वज्ञ वाग्ले , अनेसास सचिव विमला निरौला र अनेसास महिला समिति संयोजक उर्मिला निर्दोषीले मन्तव्य राखेका थिए ।

 

 

कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरू साहित्यकार गंगा लिगल, गीता कार्की, शकुन ज्ञवाली, शारदा पौडेल ‘नीशा’, पत्रकार विमला भण्डारी, समाजसेवी विना बर्मालगायतले मन्तव्य राखेका थिए । यसैगरी पुरस्कार प्रायोजकका तर्फबाट  दीपा राई पुन, मेनका पराजुलीले मन्तव्य राखेका थिए भने प्रायोजनमा पदम विश्वकर्मा, राम लामा अविनाशी, ज्योति पौडेल, जानुका ढुगेल वस्ती, ज्योति राई, पद्मा लिंखा मगर, रेणु शर्मा र विमला निरौलाको सहयोग रहेको थियो ।

 

नवरत्न पुरस्कार समितिका संयोजक शान्ता घिमिरे अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष सरला श्रेष्ठ र बिओटी सदस्य तीर्थ अधिकारीले पनि मन्तब्य राखेका थिए ।

 

सन २०१४ मा अनेसासका तत्कालीन अध्यक्ष गीता खत्रीको पहलमा स्थापना भएको यो पुरस्कार चयन समितिमा यसपटक लीला लुइटेल, पुनम काफ्ले र विमला निरौला रहेका थिए । प्रत्येक दुईवर्षमा दिइने यो पुरस्कारको राशी नगद दुई सय अमेरिकी डलर र सम्मान–पत्र रहेको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

  • 3 minutes ago
क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 36 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 45 minutes ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।