म्यानमारका सैनिक शासकद्वारा आफू प्रधानमन्त्री भएको घोषणा

काठमाडौँ । म्यानमारका सैनिक शासक मिन आङ ल्याइङले आफू प्रधानमन्त्री भएको घोषणा गरेका छन् । सैन्य कु गरेर शासन सत्ता आफ्नो हातमा लिएका ल्याइङले आफू प्रधानमन्त्री भएको घोषणा गरेका हुन् ।

 

सत्ता आफ्नो कब्जामा लिएको ६ महिनापछि ल्याइङले आइतबार प्रशारित टेलिभिजन सम्बोधनमा आफैंले आफूलाई प्रधानमन्त्री घोषणा गरेका हुन् । सम्बोधनको क्रममा उनले आफ्नो सरकारले बहुदलीय प्रतिष्पर्धात्मक चुनाव गराउने दाबी पनि गरेका छन् । 

 

गत वर्ष सम्पन्न निर्वाचनमा आङ सान सुचीको पार्टीले बहुमत ल्याएको भए पनि त्यहाँको सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै सांसदहरूले शपथ खाने दिन कु गर्दै निर्वाचित प्रधानमन्त्री, सांसद, सुचीलगायतका नेताहरूलाई नजरबन्दमा राखेको छ । यसको विरोधमा म्यानमारमा प्रदर्शन जारी छ । हालसम्मा ९३९ जनाको मृत्यु भइसकेको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

  • 2 minutes ago
सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

सर्लाही । जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कर्माचारीको अभावमा पनि नागर

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री

  • 23 minutes ago
पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिएका छन् । उनले भने“ नेपाली विशेषताका

झापामा ब्राउन सुगर सहित दुई जना पक्राउ

  • 31 minutes ago
झापामा ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा । झापामा ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको हो ।



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।