म्याग्दीका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थाले

म्याग्दी । म्याग्दीका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थालेका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीयस्थल भ्रमण गर्न रोक लगाइएको थियो । कोरोना सङ्क्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो । 

 

घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ । सिङ्गा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार आरक्ष, गुर्जालगायतका स्थलमा भ्रमण खुलाउन सम्बद्ध पालिका र प्रशासन कार्यालयमा अनुमति मागिएको छ । 

 

अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीको टोल सुधार समितिका संयोजक विरेन गर्बुजाले आन्तरिक पाहुना आउन थालेकाले आगामी असोज १ गतेदेखि सबै पाहुनालाई भ्रमण खुला गरिने बताए । “घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि फाट्टफुट्ट पाहुना आउन थालेका छन्”, उनले भने, “असोज १ गतेदेखि औपचारिकरुपमै होटल र पर्यटकलाई भ्रमणका लागि खुला गर्ने तयारीमा छौँ ।”

 

गाउँपालिकाको अर्को पर्यटकीयस्थल भुरुङ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले मुस्ताङमा निषेधाज्ञा हटाइएपछि त्यहाँ जाने आउने पाहुनाका लागि पनि बाटामा पर्ने भएकाले होटल खुलाइएको बताए । “काठमाडौँ, पोखरा, मुस्ताङमा सबै खुला भइसकेपछि पाहुना आउन थालेका छन्”, उनले भने, “अहिलेसम्म तातोपानीमा बाहिरबाट आएकालाई स्नान गर्न दिएका छैनौँ, अब बन्द गरेर हुँदैन भनेर पालिका र प्रशासनसँग समन्वय गरेर खुलाउने तयारीमा छौँ ।” 

 

तातोपानी र पुनहिल भ्रमणमा आउने पर्यटकबाट गाउँपालिकाले ठेक्का प्रतिस्पर्धाबाट प्रवेश शुल्क उठाउने गरेको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा प्रवेश शुल्क उठाउन नपाउँदा गाउँपालिकाको करिब रु एक करोड आम्दानी गुमेको छ । यस वर्ष प्रवेश शुल्क कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गाउँपालिकाले अझै निर्णय लिन सकेको छैन् । 

 

प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले स्नानका लागि खुला गर्न नगरपालिका र प्रशासनसँग अनुमति मागिएको बताए । तत्काललाई कोरोनाविरुद्धको खोप लगाएकालाई स्नान गर्न मिल्ने गरी तातोपानी कुण्ड खुलाउन प्रस्ताव गरिएको छ । 

 

असोज–कात्तिक मुख्य पर्यटकीय याम हो । पर्यटन विभागका अनुसार आगामी याममा म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका लागि ४० जनाले अनुमति पाइसकेका छन् । पर्यटकीयस्थल बन्द हुँदा त्यस क्षेत्रमा अवौँ लगानी भएका होटल व्यवसायी बैंकको ऋण र ब्याज तिर्न नसकेर समस्यामा परेका होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले बताए। 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

  • 15 minutes ago
२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

लण्डन । २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत

सङ्खुवासभा सामूहिक हत्याकाण्डः थप ६ जना पक्राउ

  • 17 minutes ago
सङ्खुवासभा सामूहिक हत्याकाण्डः थप ६ जना पक्राउ

सङ्खुवासभा । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ ।

१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

  • 42 minutes ago
१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको मुद्दामा आज सुनुवाई हुँदैछ । १४ सांसदहरुलाई साधारण सदस्य र सांसद सदस्



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।