डा भट्टको ‘मुटुको धड्कन’ खण्डकाव्य लोकार्पित

काठमाडौँ । डा अर्जुनदेव भट्टको खण्डकाव्य ‘मुटुको धड्कन’ कृति लोकार्पण भएको छ ।  प्राज्ञ प्रा डा खेम कोइराला बन्धुले कृति लोकार्पण गर्दै समाज सुधारको एउटा पक्षका रुपमा सो कृति महत्वपूर्ण रहेको बताए ।

 

वरिष्ठ मूत्ररोग विशेषज्ञ वाङ्मयमा प्रवेश गर्नु स्वागतयोग्य रहेको उनको भनाइ थियो । सो अवसरमा साहित्यकार कलानिधि दाहालले  कृति परम्परावादी, आधुनिक र मध्यमार्गी सोचको त्रिकोणात्मक विषयवस्तुमा आधारित भएको विचार व्यक्त गरे । 

 

खण्डकाव्यकार प्रा डा भट्टले आपmू चिकित्सक भएर काम गर्दाका अनुभव समेटी २०३४ सालमा लेखिएको सो गद्य खण्डकाव्य कृति ४४ वर्षपछि प्रकाशनमा आएको जानकारी दिए । कार्यक्रममा साहित्यकार बलराम दाहालले खण्डकाव्यकार भट्ट चिकित्सा क्षेत्रमा मात्र अब्बल नरही साहित्यमा पनि अब्बल रहनुभएको धारणा व्यक्त गरे । सो खण्डकाव्यमा तराईकी  गरीब महिलाको वेदनालाई दर्शाइएको छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आपसी झगडामा साथीको हत्या

  • 29 minutes ago
आपसी झगडामा साथीको हत्या

झापा । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ ।

बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

  • 54 minutes ago
बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

बलेवा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो ।

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

  • 58 minutes ago
चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।