मुख्यमन्त्री पौडेलद्वारा पुष्पलालको शालिक अनावरण

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडास्थित पुष्पलाल उद्यानमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिकको आज एक समारोहबीच  अनावरण गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) मकवानपुरले आयोजना गरेको कार्यक्रममा पौडेलले शालिक अनावरण गरेका हुन् । मुख्यमन्त्री पौडेलले पुष्पलालका सिद्धान्तलाई सबैले आत्मसात् गर्न आग्रह गरे । उनले अहिलेको अवस्थामा शिरमा पुगेको कम्युनिष्ट आन्दोलनलाई झार्ने काम भएकामा दुःख व्यक्त गरे । 

 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले अहिले कम्युनिष्टलाई सिध्याउने खेल भइरहेको बताए । एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका वाग्मती प्रदेशका सङ्गठन विभागका प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, नेकपा (माओवादी केन्द्र)का नेता कमानसिंह पाख्रिन, राप्रपाका गुरुप्रसाद सापकोटालगायतकाले मन्तव्य व्यक्त गरे ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • 2 minutes ago
आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौँ जिल्लामा थप ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ९९ जनामा र ललितपुरमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

  • 4 minutes ago
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

काठमाडौँ । सत्तारुढ गठनबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । मन्त्रालय भागबण्डा तथा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नको लागि तीन दलका नेताहरु जुटेका हुन् ।

नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

  • 15 minutes ago
नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौँ । नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।