यी खेलाडीलाई प्रशिक्षक मोउरिन्होले आफ्नो जीवनकालमा कहिल्यै बिर्सन सक्नेछैनन्

  • बुधबार, ६ साउन, २०७८
  • 2 weeks ago
  • खेल

एजेन्सी । विश्वका चर्चित प्रशिक्षक हुन् जोसे मोउरिन्हो । उनले जीवनकालमा कहिल्यै बिर्सन नसक्ने खेलाडी हुन् मारियो बालोटेली । उनले एक अन्तर्वार्तामा उक्त कुराको जानकारी गराएका थिए ।

 

जब उनी इन्टर मिलानका प्रशिक्षक थिए तब बालोटेली पनि उक्त क्लबमा रहेका थिए । मोउरिन्होले उक्त घटनालाई सम्झिदै भनेका थिए,‘च्याम्पियन्स लिगमा रुविन कजाविरुद्ध हाम्रो महत्वपुर्ण खेल थियो । महत्वपुर्ण खेलाडी घाइते भएका कारण मलाई बालोटेलीलाई खेलाउनु पर्ने बाध्यता रहेको थियो । मिलिटो, इटो घाइते भएपछि मैले बालोटेलीलाई खेलाउने निधो गरे । पहिलो हाफमा मैले उसलाई सम्हालिएर खेल्न आग्रह गरेको थियो ।’

उनले थप्दै भने,‘पहिलो हाफको अन्तिमतिर उसले फल गर्यो र पहेलोँ कार्ड देखाइयो । हाफ टाइममा मैले उसलाई सम्झाउने प्रयास गरे । मसँग अरु फरवार्ड छैनन् । तिमीले सम्हालिएर खेल्नुपर्छ । अन्य खेलाडीहरु पनि ड्रेसिङ रुपमा मैले के भन्दा भनेर बसिरहेका थिए । १५ मिनेटमा १४ मिनेट त मैले बालोटेलीलाई सम्झाउन मात्रै खर्चिएछु ।’

 

उनी अगाडि भने,‘मैले खेलाडीहरुमा छुट्टै उत्साह पाएको थियो । तर, बालोटेलीलाई लिएर म चिन्तित थिए । मैले उसलाई विपक्षी खेलाडीको नजिक नजान र च्यालेन्ज नगर्न आग्रह गरेको थियो । तर, मैदान पसेको पहिलो मिनेटमा नै उसले दोस्रो फल गर्यो र रातो कार्ड खाँदै बाहिरियो । मेरो १४ मिनेटको पाठ उसले पहिलो मिनेटमा नै सत्यानाश पारिदियो । धन्न उक्त खेल एकएक गोलको बराबरीमा रोक्न हामी सफल भयौँ ।’ 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 43 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।