'मोरङ सुनसरी समाज युके' गठन गर्ने तयारी

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 2 years ago
  • युके

लन्डन । नेपालका विभिन्न स्थानबाट बेलायत आएर बसोबास गर्ने नेपालीहरु संगठित हुने क्रममा क्षेत्रीय रुपमा आ आफ्नै जिल्लाका समाजहरु स्थापना गर्ने ट्रेण्ड देखिन्छ । जिल्ला मात्र  नभएर कतिपयले त नेपालका गाउं , शहर र टोलटोल सम्मका आधारमा पनि एकत्रित हुने प्रयास गरेको पाइन्छ । एकै क्षेत्रका नेपालीहरु एकत्रित भएर बेलाबेला भेटघाट तथा आफ्नो मातृभुमिको लागि समाजसेवा र सामुहिक  चिन्तन गर्ने प्रचलनलाई सकारात्मक रुपमा नै हेर्न सकिन्छ ।  

 

यसरी स्थापना हुने संस्थाहरुबाट स्थानीय रुपमा  मित्रवत सम्बन्ध तथा आत्मियता  बढाउने, एकै स्थान र क्षेत्रको स्मृति र सद्भावले मातृभुमिसंग जोडेर राख्ने गर्ने गरेको पाइन्छ भने स्थानीय रुपमा समस्याहरु आइपर्दा , मानवीय सेवा , स्थानीय कला संस्कृति , पर्यटन  प्रबर्धन , स्थानीय प्रतिभा ,  नेतृत्व विकास ,कलाकार नेताहरुलाई सामुहिक सम्मान लगायतका कार्य गर्ने मूल उद्धेश्य राखेको देखिन्छ । 

 

बेलायतका यीनै विभिन्न नेपाली क्षेत्रीय संघसंस्थाहरुमा मोरङ र सुनसरी जिल्लाबाट आएकाहरुको एक छुट्टै संस्था पनि थपिने भएको छ । मोरङ र सुनसरी जिल्लाबाट बेलायत आएकाहरुको संयुक्त संस्थाको रुपमा मोरङ सुनसरी समाज यूके गठनको तयारी गरिएको छ ।  

 

प्रदेश १ को राजधानी बिराटनगर , इटहरी , धरानन , तरहरा  , इनहरवा ,खनार  दुहवी , झुम्का , बिराटचोक , पथरी, लेटांग , सनिश्चरे , रंगेली  , उर्लावारी लगायतका दुवै जिल्लाका क्षेत्रहरु  यातायातको सुविधाका हिसाबले सुगम मात्र होइन, अन्य रुपमा पनि एकआपसमा घनिष्ट छन् । भौगोलिक, सामाजिक, सांस्कृतिक लगायत अधिकांश रुपमा समानता पाइने यी दुवै जिल्लाबाट बेलायत आउनेहरुलाई एकै छाता मुनि राखेर संगठित हुन लगिएको बताइएको छ ।  

 

यी २ जिल्लाको छिमेकी झापा जिल्लाको समाज बेलायतमा यसअघि नै गठन भइसकेको छ ।  नेपालका अधिकांश जिल्लाका समाजहरु बेलायतमा रहेपनि मोरङ र सुनसरीबाट आएकाहरुको संगठन  नरहेको अवस्थामा यी जिल्लाबाट बेलायत आएर बसोबास गर्ने केहि युवाहरुको अग्रसरतामा संगठित हुने प्रकृया सुरु गरिएको छ ।  यसअघि नै गठित धरान समाज तथा इटहरी समाज सहितका स्थान विशेषका मात्र समाजलाई पनि एकत्रित गरेर  समग्र मोरङ र सुनसरीवासीहरुको बृहद समाज गठन गर्न बहस अघि बढाइएको यसका अभियन्ताहरुले जनाएका छन् । 

 

थप छलफल र गृहकार्यका लागि आगामी अगस्ट अन्तिमतिर भेटघाट आयोजना गरिने बताइएको छ ।  मिति र स्थानबारे चांडै सार्वजनिक गरिने हाल सहजीकरण गरिरहेका सुनसरीका विपिन निरौला र मोरङका जगन कार्कीले जानकारी दिए । 

 

विस्तृत जानकारीका लागि  समाजको फेसबुक प्रोफाइल https://www.facebook.com/MoSuUk मा एड हुन  वा यसको पेज   https://www.facebook.com/morangSunsariUK/ लाइक गरेर सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साँझ मन्त्रिपरिषद् बैठक बस्दै

  • 3 minutes ago
साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्थापना भएपछि पहिलो

जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

  • 19 minutes ago
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।

गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

  • 27 minutes ago
गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता गोकुल बाँस्कोटाले अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेको बताएका छन् ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।