झरेको पैसा टिप्नेको भिडले सडक जाम पारेपछि...
- आइतबार, ५ मंसिर, २०७८
- 7 months ago
- विचित्र विश्व

एजेन्सी । अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्।
यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो।
प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो।
प्रहरीले केहीलाई गिरफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ।
एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समयानुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ।
“जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झरिरहेको थियो,” राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने।
“सडकभरि नोटहरू उडिरहेका थिए।”
डेमी बाग्बाईले खिचेको भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ।
“मैले देखेको सबैभन्दा अजबको दृश्य थियो,” उनले भिडिओमा भनेकी छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई पक्राउ गरिएको थियो।
राजमार्ग प्रहरीले सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको बताउँदै पैसा फिर्ता दिन आग्रह गरेको छ।
बेट्टेनकोर्टले त्यहाँ पैसा टिपेका मानिसहरूमाथि कारबाही हुनसक्ने बताएका छन्।
“राजमार्गमा टिभी खस्यो भने तपाईँले टिपेर घर लान सक्नुहुन्न,” उनले सान डिएगो ट्रिब्यूनलाई बताएका छन्।
शुक्रवार दिउँसोसम्म एक दर्जन व्यक्तिले टिपेको नोट फिर्ता गरेको बताइएको छ।
“मानिसहरूले थुप्रै पैसा ल्याइरहेका छन्,” राजमार्ग प्रहरीका कुर्टिस मार्टिनले भने। “मानिसले थुप्रै पैसा टिपेका रहेछन्।” बीबीसी
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अर्थ मन्त्रीमा ‘आई एम द स्टेट’ भन्ने दम्भ पलायोः ओली
- 4 minutes ago
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट अब बजेट नरहेको बताएका छन्। सोमबार संसदमा बोल्दै अध्यक्ष ओलीले बजेट बनाउँदाका सबैजसो मूल्य, मान्यता अर्थ मन्त्री जनार्दन शर्माल
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
- 6 minutes ago

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ । आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्
स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छः करिश्मा मानन्धर
- 10 minutes ago

काठमाडौँ। नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा प
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।