मोदी खोलामा सात आयोजना, असलाको बजार सुक्दै

  • शुक्रबार, ९ कार्तिक, २०७५
  • 2 years ago
  • नेपाल

कुश्मा ।  ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । 

 

पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला माछा भनेपछि टाढा टाढाबाट यात्रुहरु ओइरो लाग्थे । 

 

घण्टौं कुरेर पर्वतको सम्झना स्वरुप असला माछा लिएर पनि जान्थे कतिपयले । तर, अब मोदी खोलामा असला माछा त्यति सजिलै नपाइने भएको छ । 

 

मोदी खोलाको तटमा रहेका नयाँपुल, डिमुवा, पातिचौर, अम्बोट, परादी, दोविल्ला, झापे्रबगर जस्ता बजारमा हुने असलाको व्यापार अब सुस्ताउँदै गएको छ । 

 

मोदी खोलामा लहरै बनिरहेका जलविद्युत् आयोजनाहरुका कारण असलाको बजार खुम्चिँदै गएको हो । 

 

अहिले मोदी खोलामा निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माण शुरु हुने क्रममा रहेका गरी सातवटा जलविद्युत् आयोजना रहेका छन् । 

 

ऊर्जा नदीको रुपमा ख्याति कमाएको मोदी खोलाको सिरानदेखि पुछारसम्म सातवटा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइँदैछ । 

 

छोटो दूरीमा बग्ने एउटै नदीको पानी उपयोग गरेर निर्माण गर्न लागिएको सात जलविद्युत् आयोजना नेपालकै लागि पनि नमूना हो । मोदीमा दुई आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । 

 

अरु दुई आजोजना निर्माणाधीन अवस्थामा छन् भने तीन आयोजना निर्माणको चरणमा छन् । मोदी खोला मोदी गाउँपालिका, कुश्मा र फलेवास नगरपालिका हुँदै बगेको छ । 

 

विसं २०४६ देखि मोदी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रम शुरु भएको थियो । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले भन्नुभयो – “अहिले नदीभरी सातवटा हाइड्रो हुँदैछन् । 

 

यिनीहरु हाम्रो समृद्धिको बाटो पहिल्याउने कुरामा सहायकसिद्ध हुनेछन् भन्ने अपेक्षा लिएका छौं ।” 

 

उनका अनुसार विसं २०५३ मा नेपाल विद्युत् प्राधिकरणले १४ मेगावाट क्षमताको मोदी खोला जलविद्युत् आयोजना निर्माण शुरु गरेको थियो भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले विसं २०६९ देखि युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । 

 

हाल मोदी खोलामा मनाङ ट्रेड लिङकको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाट क्षमताको मध्य मोदी आयोजना निर्माण भइरहेका छन् । तल्लो मोदी आयोजनाको करीब ९५ प्रतिशत भन्दा बढी काम सकिएको छ । 

 

मध्य मोदीको भने करीब ५५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । 

 

तल्लो मोदीले गत माघमै उत्पादन दिने गरी काम अघि बढाएको भए पनि प्राविधिक कारण केही ढिलाइ हुन पुगेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । 

 

मोदी खोलामै पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले दुई र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले एउटा जलविद्युत् आयोजना निर्माण गर्न लागिरहेका छन् ।

 

 प्राधिकरणले अपर मोदी ‘ए’ बाट ४२ मेगावाट र अपर मोदीबाट १८ दशमलव २ मेगावाट विद्युत् निकाल्ने लक्ष्य राखेको छ । 

 

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले साढे १० मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न अघिल्लो वर्ष सर्वसाधारणबाट लगानी जुटाएको थियो । 

 

गत वर्ष जिल्लावासीबाट १० करोड तथा सर्वसाधारणबाट १२ करोड रुपैयाँ शेयर जारी गरी सङ्कलन गरिएको थियो । 

 

युनाइटेड मोदीले नयाँ आयोजना निर्माणको मिति अन्योलमा परे पनि वातावरणीय प्रभाव मूल्याङ्कनलगायत आयोजनाका लागि आवश्यक काम अघि बढिरहेकाले आयोजना निर्माण हुनेमा कुनै आशङ्का नरहेको जनाएको छ । 

 

“आयोजना बन्ने कुरामा दुई मत छैन,” युनाइटेड मोदीका सञ्चालक उपेन्द्र गौतमले भने – “लागत केही बढेकाले अब कसरी अघि बढ्ने भन्ने अन्योल मात्र थपिएको हो ।” 

 

प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी जलविद्युत् आयोजना निर्माणको काम अघि बढाइसकेको छ । 

 

दुबै आयोजनाको काम अगाडि बढाइएको जानकारी अपर मोदी आयोजना कार्यालयले दिएको छ । 

 

पर्वतको मोदी खोलामा निर्माण भएका र निर्माणको क्रममा रहेका सात आयोजनाबाट कुल १३० मेगावाट विद्युत् उत्पादन हुनेछ । 

 

हाल सञ्चालनमा रहेका मोदी खोला र युनाइटेड मोदीबाट २४ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । 

 

मनाङ ट्रेड लिङ्कले निर्माण गरिरहेको तल्लो मोदी आयोजना २० मेगावाट क्षमताको हो । 

 

चौधरी ग्रुपले निर्माण गर्न लागेको मध्य मोदीको क्षमता १५ दशमलव १ मेगावाट छ । विसं २०७१ मंसिरबाट निर्माण शुरु गरिएको उक्त आयोजनाको आधाजसो काम सकिएको आयोजना पक्षले जनाएको छ । 

 

त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गर्ने युनाइटेड मोदी–२ को क्षमता साढे १० मेगावाटको छ । 

 

निर्माणाधीन दुबै आयोजनाले आगामी दुई वर्षभित्र उत्पादन दिनेछन् । निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाहरुको उत्पादन जोड्दा १२९ दशमलव ८ मेगावाट पुग्छ । 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

  • 6 minutes ago
प्रधानमन्त्री ओलीले फाल्गुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

कास्की । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले फागुन १७ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

साँझ मन्त्रिपरिषद् बैठक बस्दै

  • 15 minutes ago
साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्थापना भएपछि पहिलो

जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

  • 30 minutes ago
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।