एस्ट्रिक टेक्नोलोजीले ‘वल्र्ड वार ४ एन्डगेम्स’ लन्च गर्ने

काठमाडौँ । एस्ट्रिक टेक्नोलोजीले ‘वल्र्ड वार ४ एन्डगेम्स’ लन्च गर्ने भएको छ । कम्पनीले गेमलाई एन्ड्रोइड प्लेटफर्ममा गुगल प्लेस्टोर मार्फत अप्रिल ४ मा लन्च गर्न लागेको हो ।

 

यस गेममा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानव जातिमा नराम्रो प्रभाव परिसकेको हुन्छ र मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ । त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् । र उनीहरु प्नि अझै संयुक्त सरकारको लागि लडिरहेका छन् ।

 

गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछ, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछ । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छ । खेलाडिले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन्।

 

खेलाडीले कच्चापदार्थ उत्पादन गर्न, विभिन्न वस्तु उत्पादन गर्न, आयात÷निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नु पर्नेछ ।

 

बाँकी रहेका ८ शक्ति राष्ट्र पनि आफ्ना सबै श्रोतहरु प्रयोग गरी एक अर्का माथि आफ्नो अधिन जमाउने कोसिसमा हुनेछन्, र खेलाडिले डुम्सडे (प्रलयको दिन) टिकेर विस्तारै सकिँदै गएको महसुस गर्नेछन्, र गेम सो दिनतर्फ अघि बढेसँगै, खेलाडीसँग एक आपसमा संगठित हुने बाहेक केही विकल्प बाँकी रहने छैन। सबैजना आफ्नो जीवनको लागि संघर्ष गरिरहेको बेला पृथ्वीलाई केही ‘अज्ञात प्रजाति’ ले हमला गर्नेछन् जसले मानवताको अन्त्यको सुरुवातलाई ट्रिगर गर्दछ।

 

यो गेम निःशुल्क खेल्न पाइने छ तर, विभिन्न चरित्रको पहिरनका लागि केही इन एप पर्चेजहरु छन् । यद्यपि यसमा पैसा तिरेर गोल्ड खरिद गर्न पाइने छैन जसले गर्दा पैसा तिर्नेहरुले मात्र यो खेल जित्न सक्छन् भन्ने मान्यतालाई भूmठो सावित गर्नेछ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 5 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।