मित्सुबिसीबाट उत्सर्जन छलीबापत दुई करोड ५० लाख यूरो जरिबाना असुल

एजेन्सी । जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ ।

 

जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो । 

 

जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी कारहरू संलग्न भएको संदिग्ध डिजेल उत्सर्जनको अनुसन्धानको भागको रूपमा १० वटा स्थलहरूमा छापा मारेका थिए ।  

 

मित्सुबिशी मोटर्सले सोमबार फ्रान्कफर्ट अभियोजन कार्यालयले मार्चको अन्तिम साता दुई करोड ५० लाख युरो जरिबाना सूचना जारी गरेको जनाएको छ ।

 

फर्मका प्रवक्ताले एएफपीलाई भने,“हामीले राम्रो जानकारीकोविरूद्ध अपील भने गरेका छैनौं ‘जरिबाना रकम’ मार्चको अन्त्य पहिल्यै भुक्तान गरिएको थियो ।

 

उत्सर्जन उल्लङ्घनहरू ‘जानाजानी वा इच्छापूर्वक गरिएको थियो’ भन्ने बिषयमा आदेशले त्यस्तो कुनै प्रमाण फेला नपारेको तथा कुनै जालसाजी व्यवहारको पहिचान नभएको उनले बताए ।

 

ब्लुमबर्ग न्यूजले यसैबीच फ्रान्कफर्ट अभियोजन पक्षका एक प्रवक्तालाई उल्लेख गर्दै जरिवाना तिरेको अभियोगमा अनुसन्धान समाप्त भएको उल्लेख गरेको छ ।  

 

मुद्दालाई मार्चमा अन्त्य गरिएको थियो तर यसलाई सोमबार पहिले खुलासा नगरिएको ब्लूमबर्गले लेखेको छ । 

 

यस छानवीनले १.६ र २.२ लिटर ईन्जिनसहितका मित्सुबिशी डिजल गाडीको ध्यान केन्द्रित गरेको छ । ती गाडीहरूलाई उत्सर्जन मापदण्डको पालनाका आधारमा जर्मनीको उच्चतम यूरो–५ र यूरो–६ गुणस्तर दर प्राप्त गरेको थियो ।

 

अभियोजकहरूले ईन्जिनहरू तथाकथित ‘शटडाउन’ उपकरणद्वारा बनेका छन् ताकि उनीहरूको ल्याब परीक्षणहरूमा उनीहरू सडकमा भन्दा कम प्रदूषणकारी देखा पर्दछन् । 

 

सन् २०१५ मा फोक्सवेगन समूहको प्रदूषण परीक्षणको लागि ११ करोड गाडीमा सफ्टवेयर स्थापना गर्न स्वीकार गरेको ‘डिजेलगेट’ घोटालामा मित्सुबिसीको अनुसन्धान मात्र एउटा यस्तो कदम थियो । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

  • 2 minutes ago
सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमा नै फर्किएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएको बताएकी छिन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागे

  • 10 minutes ago
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागे

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गएको महिना एक मिडियासँगको अन्तरवार्ताको विषयलाई लिएर माफी मागेका छन् ।

एनआरएनए फ्रान्सको अध्यक्षमा गीता निर्वाचित

  • 18 minutes ago
एनआरएनए फ्रान्सको अध्यक्षमा गीता निर्वाचित

लण्डन । गैर नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् । खनाल खसेको ४ सय ५८ मध्ये २४८ मत पाएर विजयी भएकी हुन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले २१० मत पाए । अनला



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।