पर्यटनमन्त्रीद्वारा नारायणहिटी दरबार सङ्ग्रहालय निरिक्षण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज अपराह्न नारायणहिटी दरबार परिसरको ‘गणतन्त्र स्मारक’ पार्क, नारायणहिटी दरबार सङ्ग्रहालय र श्री सदनको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

 

मन्त्री ढकालले क्रमशः स्मारक र श्री सदनपछि दरबार सङ्ग्रहालयको अवलोकन गरे । उनले सङ्ग्रहालय, स्मारक र श्री सदनभित्र राखिएका सामग्री र विषय वस्तुबारे जानकारी लिए । मन्त्री ढकाललाई सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल र सूचना अधिकृत बुद्धिबहाजुर गुरुङले त्यहाँका सामग्रीको जानकारी गराउनुभयो । नारायणहिटी परिसरमा करिब तीन घण्टा बिताएका मन्त्री ढकालले गणतन्त्र स्मारक र सङ्ग्रहालयको एकीकृत विकास गर्नसके स्वदेशी तथा विदेशी नागरिकका निम्ति उपयुक्त गन्तव्यको रुपमा स्थापित हुने बताए । अवलोकन भ्रमणपछि रासससँग संक्षिप्त कुराकानी गर्दै मन्त्री ढकालले सङ्ग्रहालयका समस्याबारे बुझेर यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने सरकारको योजना रहेको बताए ।

 

उनले भने, “सङ्ग्रहालयको अभावका साथै ऐतिहासिक पृष्ठभूमिको जानकारी लिएको छु । स्मारक र सङ्ग्रहालयसँग सम्बन्धित विषयको एकीकृत विकास गरी स्वदेशी तथा विदेशी नागरिकका लागि नेपालको इतिहासबारे जानकारी गराउनुका साथै पछिल्लो पुस्तालाई ज्ञान दिने स्थानका रुपमा स्थापित गराउन सकिन्छ ।” 

 

मन्त्री ढकालले सङ्ग्रहालयलाई पुरानै अवस्था र अहिलेको आवश्यकतालाई पनि समेट्ने गरी सङ्ग्रहालयको विकास गरिनुपर्नेमा जोड दिए । उनले सरकारको नीति तथा कार्यक्रम र आगामी आबको बजेट आउने सन्दर्भमा भएको आफ्नो भ्रमणले सङ्ग्रहालयको अभावलाई पूर्ति गर्ने तथा यसलाई परिस्कृत ढङ्गले सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यका साथ सङ्ग्रहालय बनाइएको र यसको विकास र व्यवस्थापनलाई प्रभावकारी बनाइने उनले बताए । सङ्ग्रहालयको बृहत्तर विकासका लागि आवश्यक काम अघि बढाउन बजेट तथा स्रोत साधनको परिचालन गरेर नमूना सङ्ग्रहालय बनाइने जानकारी उनले दिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

  • 5 minutes ago
इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।

नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

  • 9 minutes ago
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

एजेन्सी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा

ओली र नेपालको भेटवार्ता सकियो

  • 11 minutes ago
ओली र नेपालको भेटवार्ता सकियो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नक्सालस्थित मेरियट होटलमा भएको दोस्रो दिनको वार्ता सकिएको हो ।



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।