विश्व लोभ्याउने प्रदेश बनाइन्छः मुख्यमन्त्री शाही
- बिहीबार, १० साउन, २०७५
- 2 years ago
- राजनीति

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताएका छन् ।
नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा उनले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो सोचका साथ लागिएको बताए ।
मुख्यमन्त्री शाहीले भने, “हामी कहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्, बरु तिनको प्रचार हुन सकिरहेको छैन ।”
अर्थतन्त्रको बलियो आधार पर्यटन भएको बताउँदै उनले भने, “कर्णालीलाई हाइड्रो र कृषि पर्यटनका रुपमा पनि विकास गर्न सकिन्छ, यसका लागि लगानी र इच्छा शक्तिको आवश्यक छ ।”
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले राज्यको पर्यटन नीतिलाई आवश्यक सहयोग गर्दै विट पत्रकारिताको शुरुआत र त्यस विधामा विज्ञता हासिल गर्ने उद्देश्य लिएर संघ अघि बढेको बताए ।
कर्णालीको पर्यटनमा खोजरत युवा हरिहर न्यौपानेले कर्णालीको विद्यमान पर्यटन अवस्था, पर्यटकीय साइट, देखिएका समस्या, प्रदेश सरकारले लिएको नीति र गरिरहेको अभ्यास, यसको आगामी विकासबारे तयार पारिएको कार्यपत्र प्रस्तुत गरे ।
न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा कर्णाली प्रदेशका १० जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक÷सांस्कृतिक गरी तीन वर्गमा पर्यटकीय क्षेत्रको तथ्यांक उल्लेख गरिएको छ ।
नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समितिका अध्यक्ष अशोककुमार सिंहले पर्यटन क्षेत्रको विकासका लागि संघले प्रदेश सरकारको साझेदारको भूमिका निर्वाह गर्ने बताएका थिए ।
उक्त कार्यक्रमका सहभागीले कर्णाली कृषि, खेल, स्वास्थ्य, जल, साहसिकलगायतको विभिन्न मनोरञ्जनात्मक पर्यटन प्रवद्र्धनको भूमिका पर्यटन पत्रकार संघलाई खेल्न र त्यसको पूर्वाधार विकास गर्न प्रदेश सरकार जतिसक्दो चाँडो लाग्नुपर्ने सुझाव दिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अबको विकल्पः पार्टी फुटाउने अध्यादेश वा एकता
- 1 minute ago

काठमाडौं । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर
फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी
- 5 minutes ago

काठमाडौं । झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ ।
आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउँदै अख्तियार
- 17 minutes ago

काठमाडौं । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।