यसकारण नियमित दुध पिउने गर्नुपर्छ

काठमाडौं । प्राय हामीले गाई–भैँसीको दुध बिहान बेलुकाको खानासँग खाने चलन छ । कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । 

 

अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई, भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । 

 

दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ । 

 

दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाइदैन । किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गा्निक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ ।

यस्ता छन् नियमित दुध खानुका फाइदाहरुः

 

– छाला चाउरी पर्ने, कडा हुने जस्ता समस्या समेत कम हुन्छन् ।

 

– नियमित रुपमा दुध पिउनाले सरीरको छालामा चमक आउँछ ।

 

– दुधले शरीरमा उर्जाको आपूर्ति सहजै गर्ने भएकाले मानिसलाई बढी खानाको आवश्यकता पर्दैन जसका कारण उसको वजन बढ्ने डर हुँदैन ।

 

– दुधलाई तनाव निवारक पनि भनिन्छ । यदि तपाइँलाई तनावले सताएको छ भने एक गिलास मनतातो दुध पिउनुहोस् ।

 

– तपाइँको दिमाग ठण्डा हुनेछ अनि शरीरमा स्फूर्ति बढ्नेछ ।

 

– दुधको नियमित भोजनले आँखाको दृष्टि क्षमता मजबुत पार्नुका साथै कलेजोलाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

 

– दुधले अनुहार धुनाले अनुहारको छाला गोरो र चम्किलो हुने सौन्दर्य विज्ञहरु बताउँछन् ।

 

– दुध भिटामिन, चिल्लो पदार्थ लगायतका पोषक तत्वका साथै क्याल्सियम लवणको पनि राम्रो श्रोत हो ।

 

– दुधको नियमित भोजनले मानव शरीरका हड्डी तथा दाँत मजबुत हुन्छन् ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 6 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 6 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 6 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।