विश्वकप २०२२ः अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गर्न सक्ला त ?
- शनिबार, १० मंसिर, २०७९
- 2 months ago
- खेल

एजेन्सी । कतारमा जारी विश्वकपमा आज समूह ‘सी’को खेल अर्जेन्टिनाका लागि निकै महत्वपूर्ण छ । पहिलो खेलमा साउदी अबरविरुद्ध रिभर्सको शिकार बनेको लियोनल मेस्सीको टोली आज पुनरागमन गर्न चाहन्छ ।
अर्कोतर्फ, मेक्सिकोले समूह ‘सी’ को पहिलो खेलमा पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको छ ।
अर्जेन्टिनाले पक्कै पनि आज खेल्ने तरिकामा केही परिवर्तन गर्नुपर्नेछ र नकआउट दौडमा रहन चाहने हो भने जुनसुकै हालतमा जित्नैपर्छ।
पहिलो खेलमा भएको कमीकमजोरी सधार गर्दै अर्जेन्टिना मैदानमा उत्रिने तयारीमा रहेको छ । पहिलो खेलमा नै हार भोगेको अर्जेन्टिनाले आफ्नो मनोबल दरिलो बनाउन पनि यो खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
सन् २०१० यता मेक्सिकोले अर्जेन्टिनालाई पराजित गर्न सकेको छैन । सन् २०१० को विश्वकपमा अर्जेन्टिनाले पराजित गरेको थियो । त्यसयता भएका मैत्रीपुर्ण खेलमा समेत अर्जेन्टिनाले मेक्सिकोलाई तीन पटक पराजित गरेको छ ।
हालसम्म यी दुई देशबीच २२ पटक खेल भएको छ ।
जसमा अर्जेन्टिनाले ८ पटक जित हात पारेको छ भने १० पटक यी बराबरी खेलेको छ । त्यस्तै चारपटक मेक्सिकोले जित हात पारेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
महिला साफ यू–२० टोली बंगलादेश प्रस्थान
- 1 minute ago

बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यू–२० टोली बंगलादेशतर्फ प्रस्थान गरेको छ । फेब्रुअरी ३ देखि ९ सम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रत
भारतमा आगलागीमा परी १४ जनाको मृत्यु
- 16 minutes ago

एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन
- 29 minutes ago

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।