मेथीका औषधीय गुणहरु जुन तपाईलाई जानकारी नहुन सक्छ

काठमाडौं । भान्सामा प्रयोग हुने मसलारुपी खाद्य मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रुपमा रहने गर्दछ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा यस्को प्रयोग गरिंदै आएको छ ।

 

मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यस्ले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । यस्लाई खानाले पसिना आँउछ । शरीरको विजातिय तत्वलाई बाहिर निकाल्दछ । यस्ले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ ।

यहाँ हामीले मेथीका केही फाइदाको बारेमा जानकारी प्रदान गरेका छौं ।

 

  • मेथीको दानामा पोटासियम काफि मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ ।
  • मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ ।
  • मेथीमा भरपुर मात्रामा फाइबरको साथै एन्टि अक्सिडेन्ट पाइन्छ जसले बिकारयुक्त पर्दाथहरु बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउन मद्दत गर्दछ ।
  • मेथी दाना सेवन गर्नाले शरिरमा एसिड लेवल नियन्त्रण गर्दछ जसले एसिडिटीको समस्या टाढा राख्दछ ।
  • मेथीमा प्रसस्त मात्रामा फाइबर पाइने हुनाले नियमित यसको सेवनले शरिरको तौल घटाउन मद्दत गर्दछ ।
  • मेथीमा पाइने एन्टिब्याक्टेरियल पदार्थले हामिलाई रुघाखोकी र भाइरल ज्वरो बाट बचाँउछ ।
  • मेथीको दानाले हाम्रो शरिरको बिकारयुक्त पदार्थहरु बाहिर निकाल्न सहयोग गर्ने हुदाँ क्यान्सरको खतराबाट समेत बचाउँछ ।
  • यसमा पाइने एन्टिअक्सिडेन्टले छाला चम्किलो र स्वस्थ राख्न समेत मद्दत गर्दछ ।
  • नियमित रुपमा बिहानै खालिपेटमा एक चम्चा मेथीसेवन गर्नाले कब्जियतको समस्या समेत ठिक हुन्छ ।
  • मेथी दानामा पाइने पोटासियमले रक्तसञ्चार राम्रो बनाउछ जस्ले उच्च रक्तचापको समस्या नियन्त्रण गर्दछ ।

Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स

  • 1 minute ago
२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स

एजेन्सी । सलमान खान स्टारर बहुप्रतिक्षित फिल्म राधेः योर मोस्ट वान्टेड भाईको वितरण, भिडियो स्ट्रीमिंग र म्युजिक राइट्स गरेर २३५ करोडमा बिक्रि भएको छ ।

देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

  • 4 minutes ago
देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै

काठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन जाने भएका छन् । दिवंगत नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा सहितका नेताहरु चि

आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

  • 12 minutes ago
आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सोमबार बसेको सो समूहको सचिवालय बैठकले आज आज केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।