लियोनल मेस्सीलाई अर्को झट्का !

Norvic Hospital
  • बिहीबार, १९ आषाढ, २०७६
  • 2 years ago
  • खेल

एजेन्सी । सन् २०१९ मा घोषणा हुने विश्व वर्ष फुटबल खेलाडी अर्थात् बेलोन डि‘ओरका लागि मुख्य दाबेदारहरुको सूची सार्वजनिक गरिएको छ । 

 

उक्त सूचीमा लिभरपुल तथा नेदरल्यान्ड्सका डिफेण्डर भर्जिल भान डायक सबैभन्दा अगाडि देखिएका छन् । 

 

ब्राजिलमा जारी ४६ औं संस्करणको कोपा अमेरिकाको खेल अन्तिम चरणमा पुग्न लाग्दै गर्दा उक्त सूची सार्वजनिक गरिएको छ । 

 

सबैभन्दा बलिया दाबेदार रहेका लियोनल मेस्सी कोपा अमेरिका कपमा ब्राजिलसँग सेमिफाइनलबाटै अर्जेन्टिना आउट भएसँगै सूचीको दोस्रो स्थानमा पुगेका छन् । उनी छैटौं पटक बेलोन डि‘ओर जित्ने दाउमा छन् ।

 

यता सूचीको पहिलो नम्बरमा रहेका भान डायक लिभरपुललाई युरोपको प्रतिष्ठित उपाधि च्याम्पियन्स लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए भने आफ्नो राष्ट्रका लागि युइएफए नेसन्स लिगको फाइनलसम्म पु¥याएका थिए ।

 

यता मेस्सी बालोन डि‘ओर को प्रमुख दाबेदार बाट एक स्थान तल झर्न ब्राजिलसँगको हार प्रमुख कारण बनेको छ । कोपा अमेरिकाको उपाधि जितेको खण्डमा मेस्सीलाई बालोन डि‘ओरको अवार्ड प्राप्त गर्न अन्य प्रतिसपर्धीले कुनै टक्कर नदिने देखिएको थियो । 

 

समग्रमा अर्जेन्टिनाबाट मेस्सीको प्रदर्शन कमजोर रहे पनि २०१८÷२०१९ को ला लिगा सिजनमा भने उनी चम्किए । 

 

उनले सिजनभरि ५१ गोल र १९ गोल हान्न मद्धत गरेका थिए । उनले वर्षभरि देश र क्लबका लागि सर्वाधिक ३१ गोल गरे ।  

 

सार्वजनिक सूचीमा पहिलो नम्बरमा भान डाइक रहेसँगै दास्रो नम्बरमा मेस्सी रहेका छन्  भने तेस्रो नम्बरमा युभेन्टस बाट व्यावसायिक फुटबल खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । 

 

पोर्चुगललाई नेसन्स लिग र युभेन्टसलाई दुई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।     

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 20 minutes ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 29 minutes ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 32 minutes ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।