अर्जेन्टिना सेमिफाइनलमा पुग्दा पनि खुसी छैनन् मेस्सी

Norvic Hospital
  • शनिबार, १४ आषाढ, २०७६
  • 2 years ago
  • खेल

एजेन्सी । भेनेजुएलामाथि सहज जित निकाल्दै उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । तर, स्टार खेलाडी लियोनल मेस्सीले जारी कोपा अमेरिका आफ्नो लागि उत्कृष्ट नभएको बताएका छन् । उनले आफुले चाहेजस्तो खेल पस्किन नसकेको बताएका छन् ।

 

उनले भनेका छन्,‘खेलको पहिलो मिनेटदेखि नै हामी हाबी थियौँ । तर, खेल मैदान अति नै खराब भएका कारण हाम्रो रणनीति अनुसार खेल हुन सकेन ।’

 

यो मैदानमा अवसर निकाल्न अति कठिन रहेको उनले बताए । खेल मैदानको अवस्था ठीक नभएको समेत उनले बताएका छन् ।

 

फाइलनमा प्रवेशको लागि अब अर्जेन्टिनाले घरेलु टोली ब्राजिलको सामना गर्नुपर्नेछ । अर्जेन्टिनाको जितका लागि खेलको दशौं मिनेटमा लौटारो मार्टिनेजले कर्नरमा आएको बललाई सर्जियो अगुएरोले गरेको प्रयासलाई गोलमा बदलेका थिए ।

 

अर्जेन्टिनाले पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा भेनेजुएलाविरुद्धको अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

 

खेलको ७४ औं मिनेटमा अगुएरोको क्रसलाई गोलरक्षकले बचाउन नसक्दा रिबाउन्डलाई खाली पोस्टमा जिओभानी लो सेल्सोले गोलमा परिणत गरेका हुन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 42 minutes ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 51 minutes ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 54 minutes ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।