अति नै मिल्ने मेसी र स्वारेज ९० मिनेटको लागि शत्रु भए
- मंगलबार, ३ मंसिर, २०७६
- 1 year ago
- खेल

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेज एकदमै मिल्ने खेलाडी हुन् । उनीहरु एउटै टिमबाट खेल्ने खेलाडी त हुन् नै तर, त्यो भन्दा पनि बढी उनीहरुको पारिवारिक सम्बन्ध छ । यी दुईको परिवार कहिलेकाँही सँगै घुम्न जान्छ् । कहिलेकाँही मेसीले स्वारेजको बच्चाहरुलाई स्कुल पुर्याउँछन् त कहिले स्वारेजले मेसीका छोराहरुलाई स्कुलसम्म छोड्न जान्छन् ।
क्लबको अभ्यास सत्र शुरु भएदेखि खेल सकिएर घर नगएसम्म उनीहरु सँगै हुन्छन् । अवे मैदानमा खेल हुँदा उनीहरु सँगै ‘यार्वा मेट’ (चिनिया तथा जापनिज चिया) पिउँदै गफिदै हिडिरेका हुन्छन् ।
तर, कहिलेकाँही परम मित्रहरु पनि फुटबल खेलको क्रममा एकअर्काविरुद्ध उत्रनुपर्छ । यो अवस्था अन्तर्राष्ट्रिय खेलको दौरान हुने गर्छ । सोमबार राति अर्जेन्टिनाका मेसी र उरुग्वेका लुइस स्वारेज एक अर्काविरुद्ध उत्रिए । इजरायलको ब्लुमफिल्ड मैदानमा भएको यी दुई राष्ट्र अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलको लागि उत्रिएका थिए ।
मैत्रिपूर्ण खेल भए पनि एकअर्काविरुद्ध उत्रने काम कठिन हुन्छ । तर, राष्ट्रको इज्जतसँग जोडिएको विषय पनि भएको कारणले गर्दा दुवै खेलाडीले विपक्षी टिमलाई हराउने निकै प्रयास गरे ।
ब्राजिललाई पराजित गरेको अर्जेन्टिना र हंगेरीलाई पराजित गरेर आएको उरुग्वेबीचको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उक्त खेलमा अर्जेन्टिनाको लागि सर्जियो अगुइरो तथा लियोनल मेसीले गोल गरे भने उरुग्वेको लागि एडिसन काभानी तथा लुइस स्वारेजले गोल गरे । दुवै खेलाडीले खेलको पूरै समय मैदानमा बिताएका थिए । तुलनात्मक रुपमा उरुग्वेभन्दा अर्जेन्टिनाको खेल राम्रो भए पनि उरुग्वेले बनाएको काउन्टर मुभ अर्जेन्टिनाको लागि खतरनाक थियो ।
अब आउँदो शनिबार यी दुई खेलाडी लेगानेसविरुद्ध उत्रदैछन् । उक्त खेलको लागि उनीहरु सम्भवतः बुधबार देखि नै बार्सिलोनाको अभ्यास सत्रमा समावेश हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
४६ फिट अग्लो शिवमूर्ति स्थापना गरिने
- 5 minutes ago

रसुवा । दक्षिणी भेकको कालिका–५ जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर परिसरमा शिवमूर्ति राख्ने गृहकार्य अगाडि बढाइको छ ।
मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : वरिष्ठ नेता पौडेल
- 9 minutes ago

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् । काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा बिहिबार आयोजना गरेको विर
राष्ट्रिय महिला लिग फुटबलः सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
- 12 minutes ago

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहिबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।