मेलम्चीले बगायो पच्चीस करोड कमिसन

Norvic Hospital

काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीसँग माग गरिएको २५ करोड कमिसन नदिने अडानमा बसेपछि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको एकलौटी निर्णयबाट गरिएको ठेकेदारको धरौटी जफतका विषयमा मन्त्रालय एक कदम पछि फर्केको छ । 

 

मन्त्रालयले गत साता सरकार र ठेकेदारका प्रतिनिधिको बैठकमा मेलम्चीको काम पुनः सुचारु गर्ने र यसमा मन्त्रालयले कुनै प्रकारको हस्तक्षेप नगर्ने विषयमा सहमति कायम भएपछि इटालियन ठेकेदार कम्पनी  ‘कोपाराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी (सीएमसी) काममा फर्कन सहमत भएको छ । आइतबार राति भएको द्विपक्षीय बैठकमा मन्त्रालयका उच्च अधिकारीले ठेकेदार कम्पनीसँग मागेको २५ करोड कमिसन नमाग्ने सहमति गरेपछि ठेकेदार कम्पनी काममा फर्किन तयार भएको समाचारसूत्रले बताएको छ । 

 

सचिवले मन्त्रीको समेत नाम जोडेर करोडौं कमिसन मागेपछि मेलम्ची आयोजनको काम छोडेर स्वदेश फर्कन लागेको ठेकेदार कम्पनीको धरौटी रोक्का गर्ने निर्णयमा मन्त्रालय गरेको थियो । धरौटी रकमसहित ठेकेदार कम्पनी स्वदेश फर्कने तयारीम लागेपछि कमिसनको अडानमा रहेका मन्त्रालयका उच्च अधिकारीसमेत आत्तिएर ठेकेदार कम्पनीलाई थुम्थुम्याउने प्रयासमा लागेका थिए । 

१७ डिसेम्बरमा सीएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । पुस ६ मा उच्च अदालत पाटनले सो विषयमा यही पुस ५ गते पहिलो चरणको सुनावाइ गरी आइतबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आइतवार फेरि अदालतले सोही अन्तिरिम आदेश बुधवारसम्मको लागि निरन्तरता दिएको छ । 

 

मेलम्चीको यो कमिसन खेलमा ठाकुरको गहिरो रुची रहेको मन्त्रालयकै एक उच्च अधिकारी बताउाछन् । आर्थिक अभावमा परेका ठेकेदारले योजनाबाट पाउनुपर्ने भुक्तानी रोकेर मन्त्रालयका उच्च अधिकारी नैक मोलमेलाइमा लागेपछि  आजित भएको सीएमसीले योजना नै छाड्नेसम्मको चेतावनीसहित मन्त्रालयलाई पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको र कमिसन नपाई भुक्तानी नगर्ने सचिवको मौखिक अडानले ठेकेदार गत पुस २ गते ठेक्का नै छाडिदिने भन्दै ठेक्का छाडेको पत्र लेख्न बाध्य भएको हो । आजको विमर्श साप्ताहिकबाट ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 8 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 8 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।