मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली शुरु

Norvic Hospital
  • शुक्रबार, ९ फागुन, २०७६
  • 1 year ago
  • नेपाल

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ (जिआइएस) शुरु गरिएको छ । 

 

प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमिनबाट कति गहिराइमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरु निकायलाई जानकारी गराउनका लागि पनि यो प्रणाली शुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

 

आयोजनाअन्तर्गत हाल बिछ्याइएका पाइप कहाँ छ भनी जानकारी दिन सकिने आयोजना निर्देशक भोजविक्रम थापाले बताए । कुनै पनि संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप यस ठाउँमा छ भन्ने जानकारी दिएर क्षति नहुने गरी निर्माण गर्न सकिने उनको भनाइ छ । उनले भने, “ती निकायले सहकार्य गरी काम गर्दा सम्भावित क्षतिलाई रोक्न सकिन्छ ।”

 

सडक निर्माणका क्रममा वा कुनै संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप फुट्ने समस्या वर्षेनी दोहोरिरहेकाले त्यो रोक्नका लागि यो प्रणालीको शुरुआत भएको हो । हाल स्तरोन्नतिका क्रममा रहेको गौशाला–चाबहिल खण्डमा पनि सडक मर्मत गर्दा आयोजनाका पाइपमा क्षति पुगेको छ । विगतमा खानेपानी र ढल जमिन मुनि हुने गरेकामा हाल विद्युत् प्राधिकरणले बिजुलीको तार पनि भूगिगत गर्न शुरु गरेको छ । सडकमा अन्तर निकाय समन्वय नहुँदा एउटा निकायले भत्काउने र अर्कोले बनाउने  काम भइरहने गरेको छ । यो समन्वयका लागि शहरी विकास मन्त्रालयले गत वर्षदेखि नै ‘युटिलिटी करिडोर’सम्बन्धी कानून बनाउन शुरु गरेको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 37 minutes ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 42 minutes ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 1 hour ago
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज दिउँसो चार बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा मंसिरमा हुन गइरहेको महाधिवेशनबारे चर्चा हुने बताइएको छ ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।