पोखरामा मेलम्ची पछिको सबैभन्दा ठूलो खानेपानी आयोजना सुरू हुने

Norvic Hospital
  • सोमबार, २७ जेष्ठ, २०७६
  • 2 years ago
  • नेपाल

पोखरा । नेपालमा मेलम्ची खाने पानी आयोजनाको चर्चा चलेको ३० वर्षभन्दा बढी भइसकेकोछ । तर, काठमाडौँ बासीले हालसम्म पनि मेलम्चीमात्र सुनेका छन् मेलम्चीको पानी कहिले प्रयोग गर्ने हुन् अझै टुंगो रहेको छैन । ढिलो चाँडो मेलम्ची आउनेमा भने काठमाडौँ बासी ढुक्क रहेका छन् ।

 

पोखरामा पनि खानेपानीको क्षेत्रमा हालसम्मकै सबैभन्दा ठुलो आयोजना सुरु हुने भएको छ । आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्र भित्रका करिब साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् ।

 

पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । यो मेलम्चीपछि खानेपानीको क्षेत्रमा सुरु हुन लागेको दोस्रो ठूलो आयोजना हो ।

 

त्यस्तै यो आयोजना काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

 

पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न नेपाललाई जापान सरकारले ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको हो । 

 

सोही सम्झौताअनुसार नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउने भएको हो । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।

 

जापानले दिएको कूल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलब २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो ।

 

खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ। पोखराको फूलबारी, पस्र्याङ र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पार्टीभित्र अन्तर्घात भएको भन्दै रिमालले एमालेबाट राजीनामा दिए

  • 5 minutes ago
पार्टीभित्र अन्तर्घात भएको भन्दै रिमालले एमालेबाट राजीनामा दिए

‘एमालेको नगर अधिवेशनमा उपस्थिति प्रतिनिधिको भावना विपरित नेताको ठाडो निर्देशन अनुसार नगर कमिटीको अध्यक्ष तोक्ने प्रवृत्तिको पार्टी रहेछ भन्ने बुझेकाले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी

आज प्रतिनिधिसभा बैठक बस्दै

  • 17 minutes ago
आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ। आज पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो २ बजे बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक

अष्ट्रेलियामा कोरोना कारण एकैदिन २७ जनाको मृत्यु

  • 18 minutes ago
अष्ट्रेलियामा कोरोना कारण एकैदिन २७ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना कारण एकैदिन २७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा १६९६ जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो एक दिनमा २१३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।