मेलम्चीको सुरुङमा पानी छोडियो

काठमाडौँ । मेलम्ची खानेपानीको आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको हो । 

 

खानेपानी मन्त्री मणि थापा, नेकपाको ओली समूहका नेता शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको भए पनि हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेको थियो । सो गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । 

 

सो घटनापछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

 

 

परीक्षणका क्रममा हुन सक्ने दुर्घटनालाई ध्यानमा राख्दै आवश्यक पर्नसक्ने उद्धारमा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालसँग समन्वय गरिएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

  • 1 minute ago
आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सोमबार बसेको सो समूहको सचिवालय बैठकले आज आज केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

  • 15 minutes ago
बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । बुधबार बिहानदेखि दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतको भनाई छ । मंगलबार बे

फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

  • 22 minutes ago
फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएक



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।