मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी

  • सोमबार, १५ आषाढ, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । 

 

सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । 

 

सुरुङमा पठाइए पनि पानी काठमाडौँ उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार सुरुङको परीक्षणकै लागि केही समय लाग्नेछ । पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उनले बताए । उनले भने, “पानी भरिसकेपछि कुनै चुुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिन्छ ।”

 

सुरुङभित्र अहिले तीन मुख्य र अर्को एउटा गरी चार गेटहरुको अन्तिम काम भइरहेको छ । सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो । 

 

उपत्यकामा पानी झारेपछि पनि यहाँ जडान भएका पाइपहरुको परीक्षण हुने प्रवक्ता शाक्यले बताए । आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ । अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ । ठूलो परिणाममा पानी पठाउनुपर्ने भएकाले पूर्णरुपमा भने मेलम्चीको पानी आएपछि नै परीक्षण गर्न सकिने उनले बताए । उनले भने, “नयाँ बनेका प्रणाली परीक्षण हुँदा केयुकेएलको पुरानो प्रणलीबाटै पानी वितरण हुनेछ ।”

 

अहिले उपत्यकामा पानीको चुहावट झण्डै ३० देखि ४० प्रतिशत रहेको अनुमान गरिएको छ । पानीको मात्रा बढ्दा चुहावट पनि बढ्ने उहाँले बताउनुभयो । परीक्षणका क्रममा नयाँ प्रणालीमा रहेका चुहावट मर्मत गरेर त्यसमा पानी पठाउनका लागि तयार गरिनेछ । सुख्खा मौसममा दैनिक १७ करोड लिटर भनिएपनि वर्षामा मेलम्चीबाट दैनिक २२ करोड लिटरसम्म पानी आउनेछ । उपत्यकाभित्रै रहेका स्रोतबाट पनि दैनिक २० करोड लिटर पानी हुँदा त्यसको व्यवस्थापनका लागि योजना बनाइएको उनको भनाइ छ । उनले भने, “मन्त्रालय, केयुकेएल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलगायतका संस्थाका प्रतिनिधिसम्मिलित समिति व्यवस्थापनको तयारी गरिरहेको छ ।”

 

आयोजनाको उद्घाटन भने कुन दिनमा गर्ने भनी टुङ्गो लगाइएको छैन । सुरुङमार्गमा पानी पठाइएको दिनमा गर्ने वा सुन्दरीजलमा पानी पठाएको दिन गर्ने भनी छलफल भइरहेको मन्त्रालयले जनाएको छ । सुरुङमार्गको निर्माण सकिएर पानी पथान्तरणको तयारी भइरहँदा ‘हेडबक्स’ निर्माण भने सकिएको छैन । पानी पथान्तररण भइरहँदा हेडबक्स निर्माणको काम भइरहने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । हेडबक्समा झण्डै दुई महिनाको काम बाँकी रहेको उहाँले बताउनुभयो । ‘हेडबक्स’ निर्माणमा कङ्क्रिटिङ बाँकी रहेको छ । त्यो सकिएपछि स्वचालित उपकरण जडानको काम हुनेछ । उनले भने, “अहिले पनि काम त्यहाँ  भइरहेको छ ।”

 

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । आयोजनाले बन्दाबन्दीको कारण सामान्य अवस्थामा जसरी काम गर्न सकेको थिएन । बन्दाबन्दी हुनासाथ यहाँ कार्यरत अधिकांस नेपाली मजदूर निर्माणस्थल छाडेका थिए । सरकारले माथिल्लो तामाकोशीसँगै यो आयोजनाको निर्माण निरन्तरता दिने निर्णयसँगै कतिपय कामदार थपिएका छन् । प्रशासनले पास उपलब्ध गराएपनि समयसमयमा हेलम्बु गाउँपालिकाले पनि सङ्क्रमण फैलने भन्दै आयोजनामा ओहोरदोहोर रोकेको थियो । 

 

मन्त्रालयले भने असारमै सुरुङमा पानी पठाउन सकिने बताउँदै आएको छ । आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बीना मगरले मेलम्ची आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको बताएका थिए । आगामी आवको शुरुमै मेलम्चीको पानी सुरुङमा परीक्षण गरी उपत्यकामा वितरण गरिने उनको भनाइ थियो ।

 

बन्दाबन्दीको कारण आयोजनाको काम प्रभावित बनेको छ । आयोजना निर्माणको काम झण्डै डेढदेखि दुई महिना प्रभावित बनेको आयोजनाले जनाएको छ । बन्दाबन्दीको अवधिमा जनशक्ति अभाव र निर्माण सामग्रीको अभावका कारण अपेक्षा गरेअनुसार काम हुन सकेन । यो अवधिमा एक तिहाई मात्रै निर्माण भएको थियो । 


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।