म्यानमारमा चुनाव प्रचार अभियान सुरु

याङगोन । म्यानमारमा हुन लागेको उप–निर्वाचनका लागि सोमबारबाट प्रचार अभियान सुरु भएको छ । 

विभिन्न राजनीतिक दलहरुको सहभागितामा सञ्चारमाध्यमबाट अभियान सुरु गरिएको म्यानमार न्युज एजेन्सीले जनाएको छ । 

 

म्यानमारमा आउँदो नोभेम्बर ३ का लागि मतदानको मिति तय भएको छ । 

 

अभियान अन्तर्गत निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले राज्यद्वारा सञ्चालित म्यानमार रेडियो र टेलिभिजनबाट प्रचार प्रसार गर्नेछन् । 

 

पहिलो चरणका प्रचार प्रसारहरू आउँदो सेप्टेम्बर ३ देखि २६ सम्म गर्ने तय गरिएको छ । त्यसैगरी दोस्रो चरणका कार्यक्रमहरु अक्टोबर ९ देखि नोभम्बर १ सम्म हुनेछन् । ती कार्यक्रमहरूलाई राज्यद्वारा सञ्चालित पत्रिकाले पनि समेट्ने बताइएको छ । 

 

म्यानमारमा अहिले संसदका १३ सीटका लागि निर्वाचन हुन लागेको हो । तीमध्ये निर्वाचनबाट चार जना तल्लो सदन (प्रतिनिधि सभा), एक जना माथिल्लो सदन ९राष्ट्रिय सभा० र बाँकी आठ जना प्रदेश सभाका लागि निर्वाचित हुनेछन् । 

 

यसअघि भएको निर्वाचनमा सत्तारुढ दल नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले नै अधिकांश ठाउँका जित हासिल गरेको थियो भने अहिले पनि त्यस्तै नतिजा आउने अनुमान गरिएको छ । यसअघिको प्रदेश सभाको निर्वाचन सन् २०१७ को अप्रिलमा भएको थियो । 

 

आम निर्वाचन भने सन् २०१८ को नोभेम्बर ८ तारिखका दिन भएको थियो । सो निर्वाचनबाट एनएलडीले संसदमा पूर्ण बहुमत हासिल गरेको थियो । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।