बराबरीको स्थितिमा अन्तिम मतपत्र खोल्दा....

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

महोत्तरी । थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई÷तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, “ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक। एक मतले यो चिह्न बढ्यो । अब दुई मतमात्र गन्न बाँकी छ”, अर्को मतपत्र लिँदै ती कर्मचारी भन्छन्, “ल जेब्राको एक।” वडाध्यक्षमा मत बराबर हुन्छ । अब घोप्टिएको अन्तिम एकमात्र मतपत्र गन्न बाँकी छ । ब्यग्रता बढ्दैछ, सम्बन्धित  उम्मेदवार र  उमेद्वारका गणना प्रतिनिधिको  । “ल, यो पनि वडाध्यक्षमा जेब्राको” कर्मचारीको यो भनाइले एकथरिमा खुसी र अर्को पक्षमा सन्नाटा छाउँछ । बर्दिवास नगरपालिका–१४ को मतगणनास्थलको दृश्य यो सोमबार रातीको हो।   

 

हो, यस्तै ब्यग्रताबीच जेब्रा चिह्नका वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयकुमार महतोले नेपाली कांग्रेसका भरत हमाललाई एक मतले पछि पार्दै विजयी भए । महतोको प्राप्त मतमा अन्तिम मतपत्रले ५०८ पु¥यायो । हमाल ५०७ मै अडिए । एकै मतले विजयी  जिल्लामा एकै मतले वडाध्यक्ष पद हात पर्ने महतोजस्तै अन्य दुई पनि छन् । बर्दिवास–७ मै यसअघि जेब्रा चिह्नकै रामसोगारथ यादवले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार सिंह कोइरीलाई पछि पारे। कोइरीले ७२६ र यादवले ७२७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरिसकेको छ । यो गणनामा पनि बर्दिबास–१४ कै जस्तो व्यग्र कौतुहलता भएको थियो । गणनास्थलका सबैको आँखा अन्तिम मतपत्रमै गडेको देखिन्थ्यो । 

 

यसैगरी गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा एकै मतले जित हात पार्ने अर्का भाग्यमानी जिल्लाकै महोत्तरी गाउँपालिका–१ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी छन् । उनी ३६६ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहम्मद अनामुल राइनले ३६५ मै अडेर हार बेहोर्न बाध्य हुनप¥यो । त्यहाँ पनि एकै मतले विजयी 

 

एकै मतले विजयी भएका  तीनै जनाले ‘जनताको विश्वासको परिणाम’ भन्दै वडाका सबै जनतालाई काखापाखा नगरी सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । “अहिले व्यक्त मतको उच्च सम्मान गर्छु, जनताको सेवामा समर्पित हुन्छु”, बर्दिबास–१४ का नवनिर्वाचित वडाध्यक्ष महतोले भने । महोत्तरी–१ का चौधरी र बर्दिवास–७ कै यादवले पनि महतोको जस्तै प्रतिबद्धता जनाए ।

 

निर्वाचनमा होमिएका उम्मेदवारलाई हार वा जितको नतिजा स्वभाविक नै भए पनि एक मतको फरकले भने हार्नेलाई पिरोल्दो रहेछ । मतदानमा छुटेका कैयौँ आफन्तलाई सम्झँदै ‘उहाँ आउनुभएको भए त...’ भन्ने पनि भेटिएका छन् ।

 

सर्वसाधारणले पनि एक मतको हारजितलाई खास घटनाका रुपमा लिएका पाइएको छ । “जित्नै रहेछ, दुई अझै थपिएको भए त हुन्थ्यो नि ” बर्दिबास–७ की मतदाता मुना खत्रीले भनिन्, “एकै मतले भन्ने सुन्दा हार्ने र सुन्नेलाई ज्यादै थकथक लाग्ने रहेछ ।” जिल्लामा अहिले मुस्किलले ४० प्रतिशत मतपरिणाम सार्वजनिक भएको छ । मतगणना जारी रहेका स्थानीयतहरुमा अझै एकै मतको विजयत्रात्रा हेर्न र देख्न पाइने सम्भावना रहेको प्रतिक्रिया दिने पनि भेटिएका छन् । “अझै यस्तो देखिन सक्छ तर कामना गर्छु, त्यस्तो नहोस्”, बर्दिवास–१४ का मतदाता सुकन महतोले भने, “जित्ने र हार्नेलाई कस्तो के लाग्यो कुन्नि १ मलाईचैँ अझै एकमतले रन्काइरहेको छ ।”


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

  • 8 minutes ago
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 1 hour ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 1 hour ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।