‘मट्का चिया’

Norvic Hospital

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर  त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ । 

 

दाङ–सुर्खेत सडकखण्डको केही उत्तरतर्फ । तुलसीपुर– ९ बेलुवामा रहेको उक्त मट्का घर नामले नै चर्चा छ । त्यसमा पनि मट्का चियाको सेवाले पनि उत्तिकै चर्चा पाउँछ । त्यहाँको मट्का चिया, मट्का विरियानी, कटिया, मट्का मासुको स्वादसँगै टिकटकमा रमाउनेको भीड हुन्छ । ओभरहेड लाइट, टिनर लाइट, भिल्ला, लभ र पिङमा सेल्फी हान्ने पनि उत्तिकै हुन्छन् ।

 

दिनभर कामको थकान मेटाउन त्यहाँ जाने धेरै हुन्छन् । “दिनभर कामको थकान हुन्छ”, मट्का चियामा पुगेका नारायणपुरका विक्रम बुढाथोकीले भने, “मट्कामा जाँदा मट्काको स्वाद र त्यहाँको झिलिमिली हेर्दा थकान मेटिन्छ ।”

 

कोही टिकटक बनाउनकै लागि पनि आउने गर्छन्, भने कोही मट्का चियाको स्वाद लिन आउने गर्छन् । “मलाई मट्का चिया भन्नेवित्तिकै मनपर्छ”, तुलसीपुर– ६ निवासी रतिराम नेपालीले भने, “त्यसैले मट्का चियाको स्वाद लिन आउने गर्छु ।”

 

मट्का चिया टिकटकमा पनि त्यत्तिकै छाउने गरेको छ । “मैले टिकटकमा देखेँ, त्यसैले यहाँ टिकटक बनाउनकै लागि आएँ”, घोराही भरतपुरकी दिक्षा अधिकारीले भने, “यहाँ आउँदा यहाँको सजावट राम्रो लाग्यो ।”

 

मट्का चिया र विरियानी नै धेरै बिक्ने गरेको सञ्चालक सन्दीप भुसालले बताए । त्यसबाहेक मट्का मासु, कटिया, दही, लस्सी, आइस्क्रिम, पिज्जाको पनि उत्तिकै माग हुने गरेको उनको भनाइ छ । अहिले टिकटक बनाउनकै लागि पनि आउने धेरै रहने गरेको उनी बताउँछन् । “प्रायः शनिबार र अपराह्नका समयमा निकै भीडभाड हुन्छ, कहिल्यै थेग्नै नसकिने भीड पनि हुन्छ”, उनले भने “टिकटक बनाउनकै लागि आउने पनि उत्तिकै हुन्छन्, मट्काका लागि पनि उत्तिकै आउछन् ।”  

 

यहाँको ‘आइडिया’ हेर्नकै लागि धनगढीबाट आउने गर्छन् । पोखरा, काठमाडौँलगायत बाहिरी जिल्लाबाट आएका पनि मट्काको स्वाद नचाखी फर्किदैनन् । टिकटकबाटै हेरेका कारण पनि त्यसको अवलोकन गर्न मान्छे पुग्ने गरेका भुसाल बताउँछन् ।

 

अब लगतकै त्यहाँ चिल्ड्रेन पार्क पनि सञ्चालनमा ल्याउने तयारी रहेको उनी बताउँछन् । मासिक रु १४ हजारमा करिब सात कट्ठा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेको उनले बताए । पाँच युवाले मिलेर उक्त मट्का घर सञ्चालनमा ल्याएका हुन् । भुसालसँगै आकास सिंह, दीपेन्द्र भट्टराई, रवि क्षेत्री र मनिष धितालको लगानी छ ।

 

त्यतिमात्रै होइन, धेरै राम्रा होटेल तथा लजको अवलोकनपछि त्यसलाई प्रेरणाका रुपमा लिएर सञ्चालन गरेको उनी बताउँछन् । “हामीले विभिन्न ठाउँमा गरेका होटेल तथा लजको अवलोकन ग¥यौँ, त्यसको सिको हामीले यहाँ ग¥यौँ”,  भुसाल भने ।

 

फालिएका टायरलाई समेत प्रयोग गरी रोपिएका फूलहरुले पनि उत्तिकै सुन्दरता बढाएको छ  । जिल्लामा ओपन रेष्टुरेन्ट विरलै छन् । त्यसले पनि लोकप्रियता बढाएको भुसालको भनाइ छ । मान्छे ‘नेचुरल’ हावामा रमाउन चहाने भन्दै ‘ओपन रेष्टुरेन्ट’ आवश्यक रहेको उनी बताउँछन् । मट्का चिया धेरै भए पनि मट्का विरियानी जिल्लामा नभएकाले नै सञ्चालन भएको पाँच महिनामै निकै लोकप्रिय बनेको उनको भनाइ छ । 

 

“हामीले असार ३ गते उद्घाटन गरेका हौँ, त्यसपछि नियमित ग्राहाकको घुइँचो लाग्ने गर्छ”, उनले भने, “दैनिक दुई÷तीन जन्मदिन मनाउने र २५० भन्दा बढीलाई सेवा दिन पाइएको छ ।” अबको केही समयमा मट्का तन्दुरी बनाउने तयारी रहेको उनले बताए । 

 

“अहिले मट्काको क्रेज पनि धेरै छ, स्वाद पनि राम्रो हुन्छ”, उनले भने, “त्यसैले मट्कामा बनेको खानेकुराप्रति धेरै मान्छे प्रभावित हुने गरेका छन् ।” करिब रु ६० लाख लगानीमा उक्त मट्का घर सञ्चालनमा ल्याइएको हो ।

 

माटाका भाँडाको माग

 

मट्का चियाको माग बढेपछि माटाका भाँडाको पनि उत्तिकै माग बढेको छ । अहिले मट्का चिया तुलसीपुरमा मात्रै दैनिक १०० भन्दा बढी मट्का चिया मात्रै बिक्री हुन्छ, भने ४० भन्दाबढी विरियानी बिक्री हुने गरेको छ । यसले माटाका भाँडाको माग बढाएको भए पनि तुलसीपुरबाट त्यो आपूर्ति हुने अवस्था छैन । अहिले देउखुरीबाट माटाका भाँडा ल्याउनुपर्ने अवस्था रहेको सञ्चालक भुसालले बताए । अहिले त्यहाँ १४ जनालाई रोजगार प्रदान गरिएको सञ्चालक भुसालले बताए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भक्तपुर ङालाकेगु जात्रा सुरु

  • 10 minutes ago
भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछे

तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

  • 57 minutes ago
तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

तनहुँ । तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेव

मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

  • 2 hours ago
मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको आइतबार अनुगमन गर्दै ।



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।