म्याच प्रिभ्युः रोनाल्डोलाई रोक्न सक्ला छ उरुग्वेले

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

विश्वकपको अन्तिम १६ मा आज समूह ए को विजेता टोली युरुग्वेविरुद्ध समूह बीको उपविजेता राष्ट्र पोर्चुगल भिड्दैछ । समूह चरणमा युरुग्वेले शत प्रतिशत जित निकालेको थियो भने पोर्चुगलले २ खेलमा बराबरी तथा १ खेलमा जित हासिल गरेर समूहको उपविजेता बनेको हो ।

 

युरुग्वे र पोर्चुगलबीचको खेल नेपाली समयअनुसार राति पौने १२ बजे फिस्ट रंगशालमा हुनेछ । युरुग्वे दुई पटककको विश्वकप विजेता राष्ट्र हो भने पोर्चुगल सन् २०१६ को यूरोकप विजेता राष्ट्र हो । दुबै टिममा बलिया खेलाडीहरु रहेको कारणले गर्दा खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

– युरुग्वे र पोर्चुगलबीच हुन लागेको यो तेस्रो भिडन्त हो साथै विश्वकपमा पहिलो पटक यी टोलीहरु खेल्न लागेका छन् । उनीहरुबीच सन् १९७२ को जुलाईदेखि प्रतिस्पर्धा भएको छैन । खेलमा पोर्चुगलले १ पटक जित हासिल गरेको छ भने १ खेल बराबरीमा सकिएको छ ।

 

– पेनाल्टी सुटआउट बाहेक पोर्चुगलले खेलेको अन्तिम मुख्य प्रतियोगिताहरुको १७ खेलमध्ये १ खेलमा मात्रै हार व्यहोरेको छ । जसमध्ये ८ खेलमा जित तथा ८ खेल बराबरीमा सकिएको छ ।

 

– पोर्चुगललाई सन् २०१४ को विश्वकपमा जर्मनीले ४–० गोलले पराजित गरेको थियो ।

 

– पोर्चुगल पछिल्लो तीन विश्वकपको नकआउट चरणमै परास्त भएको छ । तीनवटै नक आउट चरणको खेलमा पोर्चुगलले ५ गोल खाएको छ भने १ गोल मात्रै गरेको छ ।

 

– सन् १९८६ बाट विश्वकपमा अन्तिम १६ को चरण सुरु भएपछि युरुग्वे ३ पटक अन्तिम १६ बाट बाहिरिएको छ । सन् १९८६, १९९० तथा २०१४ मा युरुग्वे बाहिरिएको हो भने सन् २०१४ मा दक्षिण कोयिालाई हराएको थियो ।

 

– युरुग्वे विश्वकपको सुरुको ४ खेल जित्ने दाउमा रहेको छ । सन् १९३० को विश्वकपमा युरुग्वेले लगातार जित हासिल गरेर उपाधि जितेको थियो ।

 

– रसिया विश्वकपमा युरुग्वेले एक गोल पनि खाएको छैन । त्यस्तै तीन खेलमा जम्मा ६ वटा विपक्षीले प्रहार गरेको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

  • 12 minutes ago
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 46 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 1 hour ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।