कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी
- बिहीबार, ८ माघ, २०७७
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युटमा बिहीबार दिउँसो भीषण आगलागी भएको हो ।
भारतीय संचारमाध्यामहरुको प्रारम्भिक खबरहरुका अनुसार आगलागीमा केही व्यक्तिहरु फसेका छन् । विभिन्न मिडियाहरुका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।
आगो निभाउन १० भन्दा बढी दमकल, सुरक्षाकर्मी तथा सर्वसाधरण घटनास्थलमा पुगेका छन् ।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
सेरमले भारतमा अक्सफोर्ड–अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ। बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सेरमले नै बनाएको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही
- 8 minutes ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका ६ जना नेताहरुलाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओली समूहमा सक्रिय रहेका ६ नेताहरुलाई का
२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड
- 18 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अन्य राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्यो
- 34 minutes ago

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।