कति छ मार्क जुकरबर्गको सम्पत्ति ?

एजेन्सी । अमेरिकन अर्वपति मार्क जुकरवर्गको नेटवर्थ करिब १२२.९ बिलियन डलर रहेको छ । फेसबुक आएपछि उनको विश्वभर चर्चा चुलिएको थियो । फेसबुककै कारण उनले अर्वौ सम्पत्ति जोडिरहेका छन् । आउनुहोस् हेरौ कस्ता महँगा सम्पत्तिहरुको उनी मालिक हुन् । 

 

१०. पालो अल्टो होम

५ हजार स्क्वायर फिटमा फैलिएको उक्त घर बगैचाले घरिएको छ । यो घर अत्याधुनिक तवरले निर्माण गरिएको हो । सुरक्षाका कारणले पनि उनले यस घरमा ठुलो लगानी गरेको बताइन्छ । 

 

उनले पछिल्लो पटक यस्तै चारवटा घर किनेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

९. प्राइभेट जेट

उनी बिजनेश ट्रिपका लागि प्राइभेट जेटको प्रयोग गर्छन् । यसको खर्च सबै उनको कम्पनीले व्यहोर्ने गर्छ । उनीसँगै उनको परिवार र सुरक्षागार्डहरु प्राइभेटमा हुने गर्छन् । 

 

व्यक्तिगत फ्लाइटको लागि भने मार्कले आफै खर्च व्यहोर्ने गर्छन् । 

 

८. एकुरा टिएसएक्स

यो अत्याधुनिक तरिकाले निर्माण गरिएको कारमा ५ वटा अटोमेटिक ट्रान्स मिसन रहेका छन् । २.४ लिटर इन–लाइन र ४ वटा सिलिण्डर इन्जिन यसमा रहेको छ । यो कारको अत्याधिक स्पिड १३७ एमपिच रहेको छ । यो कार आफुसँग भएकोमा आफुलाई गौरवान्दित महसुस गर्छन् । 

 

७. ब्ल्याक मोडिफाइड २०१४ भोल्क्सवागेन एमके६ जिटिआइ

यो कारमा म्यानुअल ट्रान्समिसन रहेको छ । यो कारको अत्याधिक स्पिड २३८ किलोमिटर प्रतिघण्टा रहेको छ । यो कारको मुल्य करिब ३० हजार डलर रहेको छ । 

 

६. पगानी हुआरा

मिडिया रिपोर्टका अनुसार मार्कले अमेरिकामा पगानी हुआरा कार किन्ने  पहिलो व्यक्ति हुन् । यो कारको हर्सपावर ७३० किलोमिटर रहेको छ । यसको टप स्पिड २३१ माइल प्रतिघण्टा रहेको छ । यो कारको मुल्य १.३ मिलियन डलर रहेको छ । 

 

५. होण्डा फिट

मार्कले चढ्ने साधरण कारमा यो कार पर्छ । सन् २०१५ मा उनले यो कार किनेका थिए । उनले यस कारलाई १३०८५ पाउण्डमा खरिद गरेका थिए । यो कारको हर्सपावर ११७ रहेको छ । यो कारको टपस्पिड ११८ माइल प्रतिघण्टा रहेको छ ।

 

४. स्यानफ्रान्सिस्को हाउस

७९८ स्क्वायर फिटमा फैलिएको यो घरमा १० मिलियन अमेरिकी डलरमा किनेका हुन् । मिडिया रिपोर्टका अनुसार उक्त घर पुन निर्माण गर्ने तयारीमा उनीहरु रहेका छन् । उनको घरको मुल्य हाल १.६ अमेरिकी डलरले वृदिद्ध भएको बताइन्छ । 

 

३. हवाइ रिट्रिट

७०० एकड जमिनमा फैलिएको यस सम्पत्तिको मुल्य १०० मिलियन डलर पर्छ । यो सम्पत्तिमा स्थानिय मानिसहरु र मार्कबीच मुद्धा मामिला पनि चलेको खबर बाहिर आएको थियो । 

 

२.वन५७ पेन्टहाउस

 

मार्कले यो घर किन्न ९० मिलियन डलर खर्च गरेका छन् । यो उक्त शहरको सबैभन्दा महँगो रकममा किनिएको सम्पत्ति हो । उनको यो घर १० हजार ९२३ स्क्वायर फिटमा फैलिएको छ ।

 

१. फेसबुक

फेसबुकको मार्केट प्राइस ३४१.६ बिलियन अमेरिकी डलर रहेको छ । यस सोसियल मिडिया नेटवर्कले विश्वभर आफ्नो सञ्जाल फैलाएको छ । सन् २००४ मा मार्क र उनका चार जना साथीहरु मिलेर खोलेको यस कम्पनीले सानो समयमा नै ठुलो प्रगति गर्न सफल भएको थियो । 

 

पेपलका कोफाउण्डर पिटरले यसमा लगानी गरेपछि यसले विश्वभर आफ्नो नेटवर्क बनाएको हो । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 32 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।