रहेनन् फुटबल लिजेण्ड डियगो म्याराडोना

  • बिहीबार, ११ मंसिर, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी  । फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । मिडिया रिपोर्टका अनुसार उनको हृदयघातको कारण निधन भएको हो । मस्तिष्कको ब्लड क्लोटको कारण उनी ती साता अघि अस्पताल भर्ना भएका थिए । उनको मष्तिष्कक्ँे शल्यक्रिया गरिएको थियो । 

 

 

म्यारोडोनाका उत्कष्ट क्षमता

म्यारोडोनालाई फुटबल ड्रिबलिङमा कसैले पनि जित्न नसक्ने त्यस समयका फुटबल पण्डितहरुको दाबी रहेको थियो । देब्रे खुट्टाको बढी प्रयोग गर्ने म्यारोडोनाको चर्चा तब भयो जब उनले सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउन सफल भए । क्लबबाट खेलेर पनि उत्तिकै चर्चामा रहेका म्यारोडोनाले इटालियन लिग तथा युरोपा कपमा सानदार खेल प्रदर्शन गरेका थिए । म्यारोडोनाको अर्को उत्कृष्ट क्षमता भनेको उनी फ्रिक हान्न माहिर थिए । 

 

गोल हुन नसक्ने मानिएका स्थानहरुबाट समेत गोल गर्ने क्षमता उनमा रहेको थियो । यसैका कारण पनि उनको फुटबल हेर्न फ्यानहरु मरिहत्ते गर्थे । 

 

म्यारोडोनाले सन् १९८६ मा सबैलाई आकर्षित गर्ने खेल प्रदर्शन गरे  । उनको जीवन कालका दुई सर्वोत्कृष्ट गोल गर्न उनी सफल रहे । खेल मैदानको मध्यभागबाट धेरै खेलाडीहरुलाई छलाउँदै गरेको सानदार गोलको चर्चा आज पनि उत्तिकै हुने गरेको छ । उक्त गोललाई फिफाले ‘गोल अफ दि सेन्चुरी’ को रुपमा लियो । यस्तै गोल उनले बेल्जियम विरुद्धको खेलमा पनि गरेका थिए । 

 

त्यस्तै सन् १९८६ कै विश्वकपमा म्याराडोनाले हातले गोल गरे । धेरै पटक रिप्लेमा हेरेपछिमात्र ह्याण्डबल थाहा भएको थियो । उक्त गोललाई ‘भगवानको हात’ भनिएको थियो । उनले केही सिजन बार्सिलोनाबाट पनि खेल खेले । त्यसपश्चात उनी इटालियन क्लब नेपोली गएका थिए । नेपोलीलाई लिग उपाधि जिताउन उनी सफल रहे ।

 

 त्यस्तै क्लबलाई युइफए कप पनि जिताउन सफल भए । 

 

म्याराडोनाले इटालियन र स्पेनिस जस्ता प्रतिस्पर्धात्मक क्लबबाट खेल खेलेका कारण पनि उनको फुटबल क्षेत्रमा ठुलो प्रभाव देखियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

  • 1 minute ago
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा क

भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

  • 7 minutes ago
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।

प्रचण्ड–नेपाल समूहले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गर्दै

  • 11 minutes ago
प्रचण्ड–नेपाल समूहले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गर्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले अर्को चरणको आन्दोलनको घोषणा गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे पत्रकार सम्मेलन गरेको उक्त समूहले नयाँ चरणको आन्द



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।