माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
- बुधबार, १८ माघ, २०७९
- 1 month ago
- राजनीति

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को आज बोलाइएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ ।
महासचिव देव गुरुङका अनुसार अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको हो ।
स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङले जानकारी दिए ।
बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- 5 minutes ago
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२ दशमलव ०२ प्रतिशत हो ।
राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- 9 minutes ago

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन् ।
प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ?
- 25 minutes ago

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ? भनेर प्रश्न गरेको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि एमालेका उपाध्यक्ष समेत रहेक
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।