माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

Norvic Hospital

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे ।

 

अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन् । आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने उनले जानकारी दिए ।

 

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा पनि उद्घाटनसत्र सम्पन्न भई नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । माओवादीले पालिकास्तरीय सम्मेलनमा नेता, कार्यकर्ता र नागरिकको सक्रिय सहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् । शनिबार दिनभर ललितपुरका विभिन्न पालिकाहरूको अधिवेशनमा सक्रिय रहेका माओवादी नेत्री पम्फा भुसालले सम्मेलनले पार्टीमा नयाँ उभार पैदा भएको प्रतिक्रिया दिए । उनले जनतामा समेत माओवादी नै खास पार्टीका रूपमा स्थापित भएको बताए ।

 

माओवादीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेको थियो । धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् भने केहीमा निर्वाचन पनि भएका छन् । केन्द्रीय कार्यालयका सचिव ढकाल आफैँ पनि तनहुँका दुईवटा पालिकाको अधिवेशन सम्पन्न गर्न खटेका थिए । केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ धादिङको निलकण्ठ नगरपालिकाको सम्मेलनमा सहभागी भए । माओवादीका अधिकांश नेता तथा कार्यकर्ता आजको सम्मेलनमा सहभागी भएका थिए । भूमिसुधार सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ मध्यपुर थिमि नगर समितिको सम्मेलनमा सहभागी भए ।

 

अर्थमन्त्री जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिमका विभिन्न पालिकाहरूको सम्मेलनमा सहभागी भए । आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको सम्मेलनमा सहभागी भएका मन्त्री शर्माले माओवादीलाई एक नम्बरको पार्टी बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

 

पार्टीलाई साङ्गठनिकरूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो । उद्घाटनसत्रमा माओवादी अध्यक्ष प्रचण्डले जनताले भरोसा गर्ने क्रान्तिकारी पार्टी निर्माण गरिछाड्ने दृढता व्यक्त गरेका थिए । उनले विचार, सङ्गठन र कार्यशैलीमा समेत जनपक्षीय पार्टी बनाउने बताएका थिए । माओवादीले ७५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो । आज सम्पन्न भएका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ । यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

 

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ ।

 

माओवादीले पार्टीले विधानको व्यवस्थानुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको थियो । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।  पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेहरूलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ ।

 

वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको  व्यवस्थानुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुने गरी नेतृत्व चयन गर्दछ । वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् ।  यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिए ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भक्तपुर ङालाकेगु जात्रा सुरु

  • 1 minute ago
भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछे

तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

  • 48 minutes ago
तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

तनहुँ । तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेव

मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

  • 2 hours ago
मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको आइतबार अनुगमन गर्दै ।



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।