मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।  

 

मानुङकोटमा घुम्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखी मानुङकोट डाँडामा प्रहरीचौकी राख्ने योजना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनले भने, “सोही स्थानमा प्रहरीचौकी रहेका खण्डमा कुनै घटना भइहाल्यो भने तत्काल उद्धार गर्न सजिलो हुने र घटनापछि फरार हुने कार्यलाई न्यूनीकरण गर्न सकिन्छ ।” 

 

उक्त स्थानमा प्रहरीचौकीको आवश्यक देखिएकाले गण्डकी प्रदेश प्रहरी कार्यालयमा माग गरिएको छ ।  स्वीकृत भएर आएपछि प्रहरी बस्ने भौतिक संरचनाका लागि भने सम्बन्धित निकायले व्यवस्था मिलाउनुपर्ने हुन्छ । दमौलीको चापाघाटदेखि करीब ६ किलोमिटर दूरीमा रहेको मानुङकोट समुद्री सतहदेखि करीब एक हजार २०० मिटर उचाइमा छ । 

 

उक्त स्थानमा सार्वजनिक शौचालय र खानेपानीको समस्या रहेकाले व्यास नगरपालिका कार्यालयले रु ३० लाख बजेट विनियोजन गरेको छ । पछिल्लो समय मानुङकोटमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अवस्थामा शौचालय र खानेपानीको चरम समस्या रहेकाले तत्काल व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

 

उक्त स्थानमा सार्वजनिक शौचालय निर्माणलगायत अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न सङ्घसंस्थासंग साझेदारीका लागि प्रस्ताव आह्वान गर्न लागिएको छ ।  मानुङकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना र खानेपानी विस्तृत परियोजना निर्माण गरिनेछ । उनले भने, “मानुङकोटमा दैनिक तीन सय मात्र पर्यटकलाई दृश्यवलोकनका लागि प्रवेश व्यवस्था मिलाइएको छ ।” 

 

त्यसैगरी कात्तिक २५ गतेदेखि पर्यटकको अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गराएर मात्रै मानुङकोट प्रवेश गराउन थालिएको छ । केही दिनअघि मानुङकोट घुम्न आएका आन्तरिक पर्यटकमध्ये एक जना सुतिरहेका अवस्थामा र एक जनाको माइक्रो बस दुर्घटना परी मृत्यु भएपछि सुरक्षा व्यवस्थालाई कडाइ गर्न लागिएको हो । उक्त स्थानमा सुरक्षाका दृष्टिले प्रहरीचौकी आवश्यक देखिएकाले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गरी सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘मैले हसाएँ भनेर किन पीर ?’

  • 21 minutes ago
‘मैले हसाएँ भनेर किन पीर ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

  • 28 minutes ago
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

  • 1 hour ago
आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ५ खेलहरु हुँदैछन् । आज साँझ पहिलो खेल वुल्भ्सको मैदानमा वेष्टवर्मले प्रतिस्पर्धा गर्दैछ ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।