म्यानचेस्टर युनाइटेडमा ओरालो लाग्यो प्रशिक्षक ओले गनरको रणनीति !

  • सोमबार, १९ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । यस सिजन पनि म्यानचेस्टर युनाइटेडले सोचेजस्तो सुरुवात गर्न सकिरहेको छैन । गएको सिजन शिर्ष चारमा पर्न सकेको म्यानुले यस सिजनको सुरुवातमै खराब खेल प्रदर्शन गरेको छ ।

 

म्यानुले तीन खेलमा दुईमा हार र एकमा जित हात पार्न सकेको छ । म्यानुका तीन अंकका साथ लिगको १६ औँ स्थानमा रहेको छ । जारी सिजनमा यस्तै खेल प्रदर्शन  गरेमा क्लबले निर्मम निर्णय लिन सक्ने बताइएको छ ।

 

रिपोर्टका अनुसार प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड रहेको छ । पहिलो खेलमा क्रिस्टल प्यालेसले म्यानुलाई ३-१ गोलले पराजित गरेको थियो ।

 

दोस्रो खेलमा भने म्यानुले ब्राइटनमाथि ३-२ काे नाटकिय जित हात पारेको थियो ।

 

तेस्रो खेलमा भने घरेलु मैदानमा नै म्यानुले लज्जस्पद हार भोग्यो । टोटनहमले १० जनामा सिमित म्यानुलाई ६ गोलले पराजित गरेपछि झन् समस्या थपिएको छ । प्रशिक्षक लगायत क्लबका अधिकारीहरुले पनि क्लबको रणनीतिबारे प्रष्ट हुनुपर्ने बताइएको छ ।

 

म्यानुको सबैभन्दा कमजोर पक्ष डिफेन्स नै रहेको समिक्षकहरुले बताउँदै आइरहेका छन् । डिफेन्समा लागिमात्रै म्यानुले ठुलो लगानी गरिसकेको छ ।

 

तर, सुधार भने हुन सकेको छैन । मिडिया रिपोर्टका अनुसार म्यानु पुर्व टोटनहम प्रशिक्षक मोउरिसियो पोचितिन्होलाई क्लबमा अनुबन्ध गर्ने तयारीमा रहेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

  • 3 minutes ago
प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

  • 3 minutes ago
वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ ।

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 29 minutes ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।